टिप्पर पल्टिँदा चालककाे घटनास्थलमै मृत्यु

डिसी नेपाल
२ चैत २०७७ ९:१६
144
Shares

काठमाडाैं । काठमाडाैंको चन्द्रागिरीमा टिप्पर पल्टिँदा एक जनाको घटनास्थलमा नै ज्यान गएको छ।

गएराति चन्द्रागिरी नगरपालिका-२ मसिने भीरमा टिप्पर पल्टिएकाे प्रहरीले जनाएकाे छ। मसिनेबाट ग्राबेल बोकेर बाणभञ्ज्याङका लागि छुटेको प्रदेश २-०३-००१ क ५९९ नम्बरको टिप्पर पल्टिँदा १ जनाकाे घटनास्थलमै मृत्यु भएकाे हाे।

मृत्यु हुनेमा उक्त टिप्परका चालक मकवानपुर भीमफेदी-२ का २५ वर्षका विनोद बलको ज्यान गएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.