बेलायती सेना युद्धको लागि अयोग्य ! रुसीहरुले खिल्ली उडाए, अमेरिकीले टाउको हल्लाए
काठमाडौं। बेलायती सेनाका एक पूर्व सेनाप्रमुखले बजेटमा कटौतीले बेलायती सेनालाई युद्धको लागि अयोग्य बनाएको र रुसजस्ता खतराको अगाडि सेनालाई मजाकको पात्र बनाइएको बताएका छन् । पूर्व सेनाप्रमुख लर्ड ड्यानटले अब बेलायती सेना अफगानिस्तान, इराक लगायतका युद्ध क्षेत्रमा अमेरिकी सेनालाई सहयोग गर्नसमेत नसक्ने स्थितिमा पुग्ने चिन्ता व्यक्त गरेका छन् ।
डेली मिररका अनुसार सेनामा भइरहेको कमीबारे बोल्दै उनले भने ‘रुसीहरु हाम्रो खिल्ली उडाएर हाँसिरहेका छन्। अमेरिकीहरुले टाउको हल्लाइरहेका छन् ।’ लर्ड ड्यानटका अनुसार रोयल एयरफोर्सका एफ–३५ बी स्टेल्थ फाइटरका कारण रक्षा मन्त्रालय टाट पल्टिरहेको छ किनकि यी जहाज एउटाको मूल्य ८० मिलियन पाउण्ड पर्छ र एक घण्टा सञ्चालन गर्ख ९० हजार पाउण्ड पर्छ । लडाकू जहाजको खर्च यति धेरै पर्न थालेको छ कि अमेरिकी एयरफोर्सले समेत सस्तो लडाकू जहाज प्रयोग गर्ने तयारी गरिरहेको छ ।
२००६ देखि २००९ मा चीफ अफ जनरल स्टाफ रहेका ड्यानटले सशस्त्र फौजमा भएको ठूलो हलचलबारे एक रिपोर्ट प्रकाशित हुनु ठिक अघि यस्तो बताएका हुन् । रिपोर्ट मंगलबार प्रकाशित हुँदैछ । उनले भने ‘यो केवल पूँजीगत खर्च हो र एफ ३५ बीको संचालन खर्च मुख्य चिन्ताको विषय हो । यसले दशकौंरम्म रक्षा बजेटलाई घटाउनेछ । हार्ने को ? यो म भन्छु – हार्ने सेना हो ।’ बेलायती सेनाको लागि १३८ वटा एफ ३५ बी किन्ने योजना अब घटाएर ४८ मा झारिने सम्भावना छ ।
ड्यानटले भने ‘च्यालेन्जर र वारियर (ट्यांक) को स्तरोन्नतीको लागि कुनै गम्भीर बजेट छैन । हाम्रो मैदानी सेनाको क्षमता रुसजस्ता फर्म्यासनअगाडि तेस्रो छ र हामीसँग ब्याटलफिल्ड ड्रोनविरुद्ध अर्थपूर्ण हवाइ रक्षा छैन । ड्यानटका अनुसार बजेट कटौतीले जोखिम यस्तो समयमा बढाएको छ जतिबेला अमेरिकाले आफू निर्भर रहन भरपर्दो सहयोगी खोजिरहेको छ ।







डिसी नेपाल








Facebook Comment