१ सय ९२ पटक ड्राइभिङ लाइसेन्सको परीक्षामा फेल भएर बनाए रेकर्ड !
काठमाडौं। पोल्याण्डमा ५० वर्षका एक व्यक्तिले विगत १७ वर्षदेखि ड्राइभिङ लाइसेन्सको सैद्धान्तिक परीक्षा पास गर्ने प्रयास गरिरहेका छन् तर हरेक पटक उनी असफल भएका छन् । यी व्यक्तिले १७ वर्षमा १ सय ९२ पटक परीक्षा दिइसके तर हरेक पटक उनी फेल भए । यति धेरै पटक सैद्धान्तिक परीक्षा दिएको घटना आफैंमा एक रेकर्ड हो । यस क्रममा उनले परीक्षा शुल्कवापत ६ हजार ज्लोटी (१ लाख ८१ हजार रुपैयाँ) खर्च गरिसकेका छन् ।
पोल्याण्डको कानुनअनुसार त्यहाँ सवारी चालक अनुमति पत्र पाउन पहिले सैद्धान्तिक परीक्षा पास गर्नुपर्छ । सैद्धान्तिक परीक्षामा पास भएपछि मात्रै प्रयोगात्मक परीक्षामा सहभागी हुन पाइन्छ । यहाँ यति नै पटक परक्षिा दिन पाइने भन्ने कुनै सीमा तोकिएको छैन र यहाँ कुनै पनि वयस्कले जतिसुकै पटक पनि परीक्षा दिन पाउँछन् । सैद्धान्तिक परीक्षा पास गर्न ५० देखि ६० प्रतिशत र प्रयोगात्मकको लागि ४० प्रतिशत अंक पाउनुपर्छ ।
नोट्स फ्रम पोल्याण्डमा प्रकाशित समाचार अनुसार पोल्याण्डमा सामान्यतया मानिसहरु दोस्रो वा तेस्रो प्रयासमा यो परीक्षामा पास हुन्छन् । पोल्याण्डमा यसअघि एक व्यक्तिले यो परीक्षा पास गर्न ४० पटक प्रयास गरेका थिए । १९२ औं प्रयासमा पनि असफल भएको यो केस सार्वजनिक भएपछि त्यहाँको प्रशासनले कुनै पनि व्यक्तिलाई असीमित अवसर दिने िकनिश्चित पटकसम्म मात्रै अवसर दिने भन्ने विषयमा विचार गरिरहेको छ ।
टिभीपीसँग कुराकानी गर्दै एक ड्राइभिङ प्रशिक्षकले पोल्याण्डमा एक व्यक्तिलाई २० वा ३० भन्दा धेरै अवसर दिइन नहुने बताएका छन् । उनका अनुसार कुनै व्यक्ति ड्राइभिङका विषयमा गम्भीर छ कि छैन भन्ने थाहा पाउन यति अवसर पर्याप्त हुन्छ । यदि कुनै व्यक्ति ड्राइभिङका नियमबारे ध्यान दिँदैन र परीक्षा पास गर्न सक्दैन भने त्यो व्यक्ति अनुको लागि खतरा हुने भएकोले त्यस्तो व्यक्ति सडकमा हुन नहुने उनले बताए ।







डिसी नेपाल








Facebook Comment