धुलोको आँधिले ४ सय ३१ जना बेपत्ता

डिसी नेपाल
२ चैत २०७७ १७:३७
5.5k
Shares

काठमाडौं। चीनको राजधानी बेइजिङमा १० वर्षयताकै सबैभन्दा ठूलो धुलोको आँधि आउँदा पूरै बेइजिङ सहर धुलोले ढाकिएको छ । कैयौं क्षेत्रमा दिउँसै बत्ती बाल्नु परेको छ । सडकमा मानिसहरुले हेडलाइट बालेर कार चलाइरहेका थिए । मानिसहरुले मास्कले अनुहार ढाकेका थिए । बेइजिङको एयर क्वालिटी इन्डेक्सले १ हजार पार गरेको थियो । यो आँकडालाई वैज्ञानिक र डाक्टरहरुले सबेभन्दा घातक भनेका छन् । ३ सय ४१ जना बेपत्ता भएका छन् । ४ सयभन्दा धेरै उडान रद्द गरिएका छन् ।

रोयटर्सका अनुसार यो धुलोसहितको आँधि भित्री मंगोलिया र चीनको उत्तर पश्चिम क्षेत्रमा भएको वर्षापछि आएको थियो । चाइना मेट्रोलोजिकल एडमिनिस्ट्रेसनले सोमबार बेइजिङ र आसपासका क्षेत्रमा यलो अलर्ट जारी गरेको छ । यो आँधि भित्री मंगोलियाबाट सुरु भएर गान्सु, शाङ्सी, हेबेइ प्रान्तसम्म फैलिएको थियो । राजधानी बेइजिङ यी प्रान्तहरुले घेरिएको छ । बेइजिङमा एयर क्वालिटी इन्डेक्सको अधिकतम स्तर ५ सयसम्म पुगेको छ ।

केही जिल्लामा पीएम १० को पार्टिकल स्तर २ हजार माइक्रोग्राम प्रतिक्युबिक मिटर पुगेको छ । केही क्षेत्रमा एयर क्वालिटी इन्डेक्सको स्तर १ हजारसम्म रेकर्ड भएको छ । यो प्रदूषण र स्वास्थ्यको हिसाबले निकै खतरनाक मानिन्छ । बेइजिङमा मार्च र अप्रिल महिनामा यस्ता आँधि आइरहन्छन् । चीन गोबी मरुभूमिको नजिक भएका कारण यस्तो हुन्छ । चीनको उत्तरमा जंगल कटानी तीब्र रुपमा भइरहेकोले त्यहाँबाट उड्ने धुलोले बेइजिङलाई ढाक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.