विश्वमा अमेरिकाले बिक्री गर्छ सबैभन्दा धेरै हतियार
स्टकहोम (बीबीसी)। एक स्वीडिश अनुसन्धान संस्थानले बताएअनुसार विगत पाँच वर्षमा हतियार निर्यातमा अमेरिकी विश्वव्यापी सहभागिता बढेर ३७ प्रतिशत पुगेको छ।
अमेरिका, फ्रान्स र जर्मनीमा विश्वव्यापी निर्यात बढेको छ भने रुस र चीनबाट निर्यात घटेको छ। शीतयुद्धपछि आयात र निर्यात सबैभन्दा उच्च स्तरमा पुग्न लागेको छ। तथापि, यस महामारीको असरपछि पनि परिवर्तनहरू देख्न सकिन्छ।
मध्य पूर्वमा हातहतियार आयातको सन्दर्भमा सबैभन्दा बढी वृद्धि भएको छ। स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटका (एसआईपीआरआई)का वरिष्ठ अनुसन्धानकर्ता पिटर वेजम्यान यसो भन्छन्, ‘विगत दुई दशकमा हातहतियार स्थानान्तरणको सन्दर्भमा तीव्र वृद्धि अहिले समाप्त भएको छ।’
‘कोभिड–१९ महामारीको आर्थिक कारणले गर्दा केही देशहरूले आफ्नो हतियार आयातको स्थितिबारे पुनर्विचार गर्न सक्छन्। तथापि, यस महामारीको सबैभन्दा भयावह घडीमा थुप्रै राष्ट्रहरूले हातहतियारसम्बन्धी थुप्रै ठूलठूला सम्झौता गरेका थिए।’
सिप्रिले बताएअनुसार सन् २०१६ देखि २०२० को बीचको अघिल्लो पाँच वर्षको तुलनामा अन्तर्राष्ट्रिय हातहतियारको बिक्री स्थिर थियो।
अमेरिकाबाट निर्यात हुने कुल हतियारको आधा (४७ प्रतिशत) हिस्सा मध्यपूर्वमा छ। जसमध्ये अमेरिकाबाट २४ प्रतिशत हतियार साउदी अरबले खरिद गर्छ।हाल संयुक्त राज्य अमेरिकाले ९६ देशहरूलाई हतियार आपूर्ति गरिरहेको छ र यसको कुल विश्व प्रतिशत पाँच वर्षमा वृद्धि भएको छ।
फ्रान्सको हातहतियार निर्यात ४४ प्रतिशत रहेको छ भने जर्मनी २१ प्रतिशतले बढेको छ।
इजरायल र दक्षिण कोरिया दुवैले आफ्नो निर्यातलाई तीव्र गतिमा बढाएका छन् तर दुवै अझै पनि हातहतियार निर्यातको सन्दर्भमा अत्यन्तै साना देशहरू हुन्।
मध्यपूर्वमा हतियार आयातमा वृद्धि
मध्य पूर्व द्रुत गतिमा फस्टाएको हातहतियार बजार हो। सन् २०१६–२० मा विगत पाँच वर्षमा आयात २५ प्रतिशतले वृद्धि भएको छ। साउदी अरब (६१ प्रतिशत), इजिप्ट (१३६ प्रतिशत) र कतार (३६१प्रतिशत)मा आयात वृद्धि भएको छ।
एसिया र ओशिनिया सबैभन्दा धेरै हतियार आयात गर्ने दुई ठूला क्षेत्रहरू हुन्। यो क्षेत्रमा विश्वको ४२ प्रतिशत हतियारको हस्तान्तरण भएको छ। भारत, अष्ट्रेलिया, चीन, दक्षिण कोरिया र पाकिस्तान यस क्षेत्रको सबैभन्दा ठूलो आयातकर्ता हुन्।
रुस र चीनको व्यापार कटौती
रुस र चीन दुवैले हतियार निर्यातमा कमी आएको देखिएको छ। तैपनि, यी दुई देशहरू सहारा उपअफ्रिकी देशहरूमा ठूलो आपूर्तिकर्ता रहेका छन्।
रुसको हतियार निर्यात २२ प्रतिशतको गिरावट दर्ता भएको छ र भारतसँग यसको हतियार निर्यातमा ५३ प्रतिशतको गिरावट दर्ता भएको छ।
सिप्रिका अनुसन्धाता अलेक्जेन्ड्रे कुइमोडोभा यसो भन्छन्, ‘रूसले हालै धेरै देशहरूसँग ठूलठूला हातहतियारको सम्झौता गरेको छ र आगामी वर्षहरूमा यसको निर्यात बढ्नेछ। उनीहरु थुप्रै क्षेत्रमा संयुक्त राज्य अमेरिकासँग कडा प्रतिस्पर्धाको सामना गर्दैछन्।
पाकिस्तान, बंगलादेश र अल्जेरियाले सबैभन्दा धेरै चिनियाँ हतियार खरिद गर्छन्।







डिसी नेपाल








Facebook Comment