पूर्वप्रेमीले एसिडले छ्यापेपछि १८ वर्षकी किशोरीले आँखाको ज्योति गुमाइन्, गम्भीर घाइते

डिसी नेपाल
३ चैत २०७७ १४:३१
6.0k
Shares

काठमाडौं। आफ्ना ईष्र्यालु पूर्वप्रेमीले एसिडले आक्रमण गर्दा १८ वर्षकी एक किशोरीले आँखाको दृष्टि गुमाएकी छिन् । गम्भीर घाइते र त्रसित ती किशोरी अहिले अस्पतालमा छिन् । आस्या सेवाहिर नामकी यी किशोरीले हालै १८ औं जन्मदिन मनाएकी थिइन् । गत हप्ता टर्कीको इस्तानबुलस्थित घरबाट बाहिर निस्किएकी उनको अनुहारमा एसिड छ्यापिएको थियो ।

गम्भीर रुपमा घाइते भए पनि उनले आक्रमणकारीको पहिचान गर्न भने सकिन् । आक्रमणकारी उनका पूर्व प्रेमी एमरे बोजकुर्त थिए । आस्या सिरियाली शरणार्थी हुन् । उनले पुलिसलाई बताएअनुसार उनले एमरेलाई छाडेकी थिइन् र आक्रमणको समयमा एमरेले मासक लगाएको भए पनि उनले पहिचान गर्न सकेकी थिइन् । आस्याका अनुसार एमरेले यसअघि पनि उनलाई मारिदिने धम्की दिएका थिए ।

आस्यालाई अस्पतालमा राखेर उनको अनुहार र शरीरमा ‘थर्ड डिग्री’ जलेको घाउहरुको उपचार भइरहेको छ । डाक्टरहरुका अनुसार अब उनी सदाका लागि दृष्टिविहीन भएकी छिन् । उनको एउटा आँखाले काम गर्दैन र अर्को आँखाको पनि १५ प्रतिशत मात्र क्षमता बाँकी छ । टर्किश मिडियामार्फत सार्वजनिक भएको भिडियो फुटेजमा उनी पूरै ब्यान्डेजले बेरिएको अवस्थामा अस्पतालको बेडमा देखिन्छिन् ।

पुलिसले सुरुमै कथि आक्रमणकारीलाई पक्राउ नगरेपछि टर्कीमा विरोध प्रदर्शन भएको थियो । आस्या ट्रान्सजेन्डर भएको बताइएको छ । एलजीबीटी समुदायले सबैलाई यस्ता आक्रमणकारीहरुबाट आफ्नो समुदायका व्यक्तिहरुलाई बचाउन सबैलाई एक हुन आह्वान गरेपछि अन्ततः इस्तानबुल पुलिसले ती व्यक्तिलाई हिरासतमा लिएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.