मोजाम्बिकमा कट्टरपन्थी समूहद्वारा बालबालिकाको घाँटी रेटेर हत्या
बीबीसी । सेभ द चिल्ड्रनले मोजाम्बिकको उत्तरी प्रान्त काबो डेलगाडोमा मुस्लिम कट्टरपन्थी विद्रोहीहरूले बालबालिकाको पनि घाँटी रेटेर हत्या गरिरहेको बताएको छ।
एक महिलाले सेभ द चिल्ड्रनलाई आफ्नो १२ वर्षीय छोराको हत्या भएको अन्य छोराछोरीसँग लुकेर बसेको स्थानबाट हेर्नुपरेको बताएकी छन्।सन् २०१७ मा विद्रोही गतिविधि सुरु भएयता त्यहाँ २,५०० भन्दा बढी मारिएको र सात लाखभन्दा बढी मानिस त्यहाँबाट भागेको बताइको छ।
विद्रोही समूह इस्लामिक स्टेट आईएससँग सम्बन्ध राख्ने बताइएको छ। अन्य एक आमाले आफ्नो ११ वर्षीय छोरा मारिएको बताएकी छन्। सेभ द चिल्ड्रनले त्यहाँबाट भागेर आएका व्यक्तिहरूले दिएको विवरणका आधारमा आफ्नो नयाँ प्रतिवेदन सार्वजनिक गरेको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment