उडिरहेको जहाजमा बालिकाको जन्म !
काठमाडौं। उडिरहेको जहाजमा एक बालिकाको जन्म भएको छ । भारतको बैंगलोरबाट जयपुर आउँदै गरेको इन्डिगो एयरको उडानमा बुधबार बिहान एक महिलाले बालिकालाई जन्म दिएकी हुन् । उडानमा एउटी महिला डाक्टरले इन्डिगोका चालक दलका सदस्यहरूको सहयोगमा सफलतापूर्वक महिलालाई सुत्केरी गराएकी हुन् । अहिले महिला र नवजात शिशुको अवस्था सुरक्षित र स्थिर छ।
एयरलाइन्सका अनुसार इन्डिगोको उडान ६इ–४६९ बेंगलुरुबाट बिहान पौने ६ बजे उडेको थियो । विमान ८ बजे जयपुर पुग्ने तय थियो । सिट नं. २ ए मा बसेकी ललिता नाम गरेकी एक महिलालाई अचानक उडिरहेको जहाजमा व्यथा लाग्यो । विमानका चालक दलका सदस्यहरू डाक्टरको अनाउन्स गरे । सोही उडानमा महिला डाक्टर सुबहाना नाजिर पनि सिट नं. १० सी मा यात्रा गर्दै थिइन् ।
इण्डियन एक्सप्रेसको रिपोर्टअनुसार डा. नाजिरले तुरुन्तै स्थिति आफ्नो नियन्त्रणमा लिइन् । यसैबीच, चालक दलका सदस्यले जयपुर विमानस्थल प्राधिकरणलाई पनि यसबारे जानकारी गराए । विमानस्थल प्रशासनले डाक्टर र एम्बुलेन्सको व्यवस्था गरेको थियो। जयपुरमा अवतरणपछि ती महिला र बालिकालाई इएचसीसी अस्पतालमा पठाइयो।
महिलालाई सफलतापूर्वक सुत्केरी गराउने डा. नजिरलाई एयरलाइन्सले सम्मान गरेको छ । एयरलाइन्सको तर्फबाट डा. नजिरलाई धन्यवाद कार्ड दिइएको थियो । आमा र नवजात शिशुको फोटो पनि सेयर गरिएको छ । उडानका यात्रुहरूले पनि सफलतापूर्वक सुत्केरी गराइएकोमा खुसी व्यक्त गरे र डाक्टरलाई अभिवादन गरे। बालिकाको जन्मपछि उडानको माहोल एकदमै खुसीको थियो । सबैको अनुहारमा अचानक देखिएको तनाव केही क्षणमै खुशीमा परिणत भएको थियो ।







डिसी नेपाल








Facebook Comment