बङ्गलादेश विरुद्धको पहिलो एकदिबसीयबाट टेलर बाहिरिए

डिसी नेपाल
४ चैत २०७७ १८:०३
120
Shares

काठमाडौं । न्युजिल्याण्ड क्रिकेट टोलिका अनुभबी ब्याट्सम्यान रोस टेलरले बङ्गलादेश विरुद्धको पहिलो अन्तर्राष्ट्रिय एकदिबसीय खेलबाट बाहिरिएका छन । घुँडामा आएको चोटका कारण उनी बङ्गलादेश विरुद्धको पहिलो एकदिबसीय खेलमा सहभागी नहुने अवस्थामा पुगेको बताइएको छ । रोस टेलरको अनुपस्थितिले न्युजिल्याण्डको राष्ट्रिय क्रिकेट टोलिमा मार्क च्यापम्यान पहिलो पटक बोलाइएका छन् । यसअघि हङकङका लागि छ अन्तर्राष्ट्रिय एकदिबसीय खेलिसकेका च्यापमनले न्युजिल्याण्डका लागि भने चार खेलमा अझै दोहोरा अङ्कको योगफल जोडन सकेका छैन्न ।

टेलर पहिलो एकदिबसीय नखेल्ने भएपछि डेभोन कोनवे र विल योङले पारीको सुरुवात गर्ने जिम्मेबारी पाउने छन । केन विलियम्सनको अनुपस्थितिमा डेभोन कोनवे यसअघि नै ओपनिङ गर्ने जिम्मेबारी पाउने अपेक्षा गरिएको थियो । अब भने टेलरलाई विल योङले बिस्थापित गर्नेछन । दुबैजना अन्तर्राष्ट्रिय एकदिबसीयमा पहिलो पटक न्युजिल्याण्डको प्रतिनिधित्व गर्नेछन । रोस टेलर अन्तर्राष्ट्रिय एकदिबसीयमा न्युजिल्याण्डका लागि सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान हुन । सन् २०१४ पछि पहिलो पटक न्युजिल्याण्ड क्रिकेट टोलिले दुबै ब्याट्सम्यानको अनुपस्थितिमा खेल्न लागेको हो । रोस टेलर बाँकीको दुबै खेलमा सहभागी हुने अपेक्षा गरिएको छ । न्युजिल्याण्डका प्रशिक्षक गैरी स्टिडले खेलको पूर्बसन्ध्यामा आएको खबरले दुखित भएको बर्ताएका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.