सुमिना र सुष्मा विश्व बक्सिङ च्याम्पियनशिपमा छनोट

डिसी नेपाल
४ चैत २०७७ १८:१०
56
Shares

काठमाडौं । सुमिना खड्का आइवा युथ विश्व बक्सिङ च्याम्पियनशिपका लागि ६० केजी तौल समूहमा बुधवार छनौट भएकी छिन् । आरडीएस क्लबकी सुमिनाले बक्समाण्डौंकी डेचेन शेर्पालाई निर्धारित तीन राउण्डको खेलमा अंकका आधारमा ४–१ ले हराउदै छनोटमा परिन् ।

नेपाल बक्सिङ संघले आयोजना गरेको छनोट प्रतियोगिताको ४८ केजी तौल समूहमा नक्शालकी सुष्मा तामाङले मंगलवारनै झापाकी सुस्मिता राईलाई अंकका आधारमा ३–२ को स्कोरमा हराउदै छनोट भएकी थिईन् । छनौट खेलमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले,बरिष्ठ उपाध्यक्ष अर्जुनवहादुर केसीलगायतको उपस्थिति रहेको थियो । आइवा युथ वल्ड बक्सिङ च्याम्पियनशिप पोल्याण्डमा अप्रिल ११ देखि २३ सम्म संचालन हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.