नेपाली कांग्रेसका नेता कोइरालाको निधन

डिसी नेपाल
५ चैत २०७७ ९:२५
8
Shares

विराटनगर। नेपाली कांग्रेस मोरङका पूर्वसभापति अशोक कोइरालाको गए राति १ बजे निधन भएको छ। उनको निधन विराटनगरस्थित न्यूरो अस्पतालमा निमोनियाको उपचारका क्रममा भएको कांग्रेस निर्वाचन क्षेत्र ४ मोरङका सचिव सन्तनु रेग्मीले जानकारी दिए।

कांग्रेसका प्रखर नेता कोइराला २०४६ सालको राजनीतिक परिवर्तनपछि विराटनगर उपमहानगरपालिकाको प्रमुखमा विजयी भएका थिए भने संविधानसभाको दोस्रो निर्वाचनमा मोरङको निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित भएका थिए।

पचहत्तर वर्षीय कोइरालाका एक छोरा, एक छोरी र श्रीमती छन्। उनको आजै दिउँसो १ बजे शवयात्रा निकाल्ने कांग्रेसको पार्टी कार्यालय पुगेर एक घण्टा श्रद्धाञ्जलि व्यक्त गर्ने कार्यक्रम छ। आजै विराटनगरको हाटखोलास्थित विश्रान्त घाटमा अन्त्येष्टि हुने सचिव रेग्मीले जानकारी दिए।

उनको अन्त्येष्टिमा कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला, केन्द्रीय सदस्य डा शेखर कोइराला, डा मीनेन्द्र रिजाल, डा डीला सङ्ग्रौला, अमृत अर्याल सहभागी हुने सचिव रेग्मीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.