चितवनको मार्की खेलाडीको रुपमा भरत खवास
काठमाडौं । नेपाल सुपर लिगको फ्रेन्चाइज टिम एफसी चितवनले राष्ट्रिय फुटबल टोलीका महत्त्वपूर्ण सदस्य भरत खवासलाई मार्की खेलाडीको रुपमा अनुबन्धन गरेको छ । खवासलाई कति रकममा टोलीमा अनुबन्धन गरेको कुरा चितवनले सार्वजनिक गरेको छैन । भरतसँगै चितवनले थ्रीस्टार क्लबका पूर्वप्रशिक्षक मेघराज केसीलाई मुख्य प्रशिक्षकको रुपमा टोलीमा अनुबन्धन गरेको छ ।
आईएमई ग्रुपको लगानी रहेको एफसी चितवनको स्वामित्व रहेको गेमअन प्रालिसँगको सम्झौता–पत्रमा बुधबार दुबैजानाले हस्ताक्षर गरे । वैशाख ११ देखि दशरथ रंगशालामा हुने सात टिमको फ्रेन्चाइज लिगमा प्रत्येक टोलीले एक–एक मार्की खेलाडी राख्नेछन् । उनीहरूको न्युनतम पारश्रमिक २ लाख ५० हजार तोकिएको छ । टिमका २० खेलाडीमध्ये विदेशी खेलाडी टिम आफैले ल्याउन सक्नेछन् भने स्थानीयबाहेक अरू खेलाडी शुक्रबार हुने ‘अक्सन’ बाट आबद्ध गर्नुपर्ने व्यवस्था गरिएको छ ।







डिसी नेपाल








Facebook Comment