देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिताको विभिन्न चरणका खेलहरु सम्पन्न

डिसी नेपाल
५ चैत २०७७ १३:०१
76
Shares

काठमाडौं । देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिताको तेस्रो दिन पुरुष टिम इभेन्ट्सको सेमी फाइनल तथा पुरुष एकल र महिला एकलका विभिन्न चरणका खेलहरु सम्पन्न भएका छन । बुधवार भएको पुरुष टिम इभेन्ट्सको पहिलो सेमी फाइनलमा धरान उपमहानगरपालिका वडा नं ९ ले ललितपुर महानगर वडा नं ९ लाई ३–२ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । अर्को सेमीफाइनलमा बिराटनगर महानगरपालिका वडा नं ३ ले धरान उपमहानगर १२ लाइ ३–१ को सेट मा पराजित गरि फाइनल प्रवेश गरेको छ।

बुधवारनै भएको महिला एकलको विभिन्न चरणका खेलहरुमा जित हासिल गर्दै भक्तपुर नगरपालिका वडा नं १ बाट दिया देउला, वडा नं २ बाट प्रदिपा सुवाल र क्यारिना सुवाल त्यसैगरि सोहि पालिकाको वडा नं ५ बाट नर्मदा खाइतु , नुवाकोट बाट बिनु तामाङ , धरान उपमहानगर वडा नं १० बाट अन्जली ठाकुर , पर्बत
नगरपालिका वडा नं ३ बाट प्रकृति राना , गोदावरी नगरपालिका १ बाट प्रनिका कुँवर र सोहि पालिकाको वडा नं ९ बाट सतिश्मा थापा, ललितपुर महानगर वडा नं १२ बाट इभाना थापा, बुटवल उपमहानगर वडा नं ८ बाट गीता अर्याल, काठमाडौँ महानगरपालिका वडा नं २ बाट सुभश्री श्रेष्ठ र सोहि पालिकाको वडा नं १७
बाट अस्मिता मानन्धर, झापा गाउपालिका वडा नं ६ बाट अनुष्का प्रसाई , नवलपरासी वडा नं १ बाट योंग्गी पौडेल र संखुवाशभा वडा नं ४ बाट बिएन्का राई, महिला एकलको प्रि–क्वाटर फाइनलमा प्रवेश गर्न सफल भएका छन। त्यसैगरि बुधवार पुरुष एकलको दोस्रो चरणका खेलहरु पनि सम्पन्न भएका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.