एनएसएलका लागि धनगढी एफसीले बिदेशी प्रशिक्षक ल्याउदै
काठमाडौं । नेपाल सुपर लिगका फेन्चाईज टोली धनगढी एफसीले अप्रिल २१ देखि दशरथ रङ्गशालामा हुने प्रतियोगिताको लागि बिदेशी प्रशिक्षक ल्याउने भएको छ । धनगढीले नाईजेरियन फुजा तोपेलाई मुख्य प्रशिक्षकको रुपमा टोलीमा अनुबन्धन गरेको छ । उनी बिदेशी भएपनि नेपाली फुटबलमा उनको नाम चिरपरिचित रहेको छ । नेपालको घरेलु फुटबलमा यसअघि फुजाले ए डिभिजन लिगका टोली मनाङ मर्स्याङ्दी क्लब सम्हाल्दै आएका थिए ।
उनकै प्रशिक्षणमा मनाङ मर्स्याङ्दीले २०७५ सालको ए डिभिजन लिगको उपाधि जितेको थियो । फुजाले मनाङलाई घरेलु फुटबलमा आहा रारा गोल्डकप र बुढासुब्बा गोल्डकप जस्ता धेरै उपाधिहरु समेत दिलाईसकेका छन । अफ्रिकन फुटबल संघबाट बी लाईसेन्स पाएका फुजाले यसअघि भारतका फुटबल क्लबहरु मोहम्मदान सर्पोटिङ क्लब र मुम्बई युनाईटेड एफसीको प्रशिक्षकको रुपमा भुमिका निर्वाह गरिसकेका छन । एनएसएलको फेन्चाईज टोली मध्ये बिदेशी प्रशिक्षक भित्र्याउने धनगढी पहिलो क्लब बनेको छ ।







डिसी नेपाल








Facebook Comment