प्रधानमन्त्री केपी शर्मा ओली ‘सर्वोत्कृष्ट गीतकार’को प्रतिस्पर्धामा, उत्कृष्ट ५ मा छानिए

डिसी नेपाल
५ चैत २०७७ १५:०९
1.2k
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली सर्वोत्कृष्ट गीतकारको मनोनयनमा परेका छन् । प्रधानमन्त्री ओलीले लेखेको गीत ‘स्वदेशमै रोजगारी’ उत्कृष्ट ५ मा छानिएको छ । पावर इन्टरनेशनल मिडिया नेपाल (पीम नेपाल) ले गर्न लागेको ‘चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१’ को उत्कृष्ट ५ भित्र प्रधानमन्त्रीको गीत पर्न सफल भएको हो ।

आयोजक पीम नेपालले हालै एक कार्यक्रमका बीच अवार्डको ५३ विधाको मनोनयन सार्वजनिक गरेको थियो जसमा प्रधानमन्त्री ओलीले रचना गरेको गीत राष्ट्रिय भावको गीततर्फ उत्कृष्ट पाँचभित्र परेको छ । प्रधानमन्त्री ओलीलाई उनले रचना गरेको गीत उत्कृष्ट ५ भित्र परेको प्रमाणपत्र समेत दिइएको छ । चलचित्रकर्मी मनोज भेटवाल, निर्देशक विश्वदीप घिमिरे र वरिष्ठ चलचित्रकर्मी लेखक, निर्देशक मोहन निरौलाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीलाई प्रमाणपत्र हस्तान्तर गरेका छन् ।

प्रधानमन्त्री ओलीको रचना, किरण क्रियशनको प्रस्तुति, युवा नेता रमेश पौडेलको संयोजनमा तयार गरिएको ‘स्वदेशमै रोजगारी’ गीतमा मेलिना राई र शान्तिराम राईको स्वर तथा शान्तिराम राईकै संगीत रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.