वेश्यालाई दिन पैसा नदिएको रिसमा छोराले आमाको हत्या गरिदिए

डिसी नेपाल
५ चैत २०७७ १७:५६
2.0k
Shares

काठमाडौं। बेश्यालाई दिन पैसा माग्दा आमाले नदिएपछि रिसाएका छोराले प्लास्टिकको झोलाले आमाको मुख थुनेर मारिदिएका छन् । त्यसपछि उनले आमाको शवलाई बोरामा हालेर घिसार्दै घरबाट बाहिर निकालेर आफ्नो घरभन्दा केही पर लगेर फ्याँकिदिएको पुलिसले जनाएको छ । द सनको रिपोर्टअनुसार युक्रेनमा ५५ वर्षका छोराले ८३ वर्षकी आमाको हत्या गरेका हुन् ।

सोमबार अबेर राती ती व्यक्तिले ओडेसा सहरमा रहेको घरमा आमामाथि आक्रमण गरेको बताइएको छ । भोलिपल्ट बिहान सडकमा महिलाका खुट्टाहरु बाहिर देखिने गरी सडकमा नीलो बोरा फ्याँकिएको भेटिएको थियो । पुलिसलाई एक स्निफर कुकुरले लिएर उनीहरुको घरसम्म पुर्याएको थियो । छिमेकीहरु महिलालाई फोटोबाट पहिचान गरेपछि पुलिसलाई फ्ल्याट देखाइदिएका थिए । घरमै भेटिएका पीडितका छोरालाई सोधपुछका क्रममा पुलिस स्टेशन लगिएकोमा त्यहाँ उनले अपराध स्वीकार गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.