वडा सचिब पोखरेल ४ लाख घुससहित पक्राउ
काठमाडौं। काठमाडौं महानगरपालिकाका एकजना वडा सचिव ४ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं, महानगरपालिका वडा नं ३० का वडा सचिव भरत कुमार पोखरेललाई पक्राउ गरेको हो।
अख्तियारका अनुसार निर्माण कार्य सम्पन्न पश्चात बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले पोखरेललाई सेवाग्राहीबाट चार लाख रुपैयाँ लिएको अवस्थामा पक्राउ गरिएको हो। अख्तियारले वडा सचिव पोखरेललाई उनकै कार्य कक्षबाट पक्राउ गरेको हो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment