ओलीले पार्टीभित्र अराजकता निम्त्याए : गौतम

डिसी नेपाल
६ चैत २०७७ १३:१५
84
Shares

काठमाडौं। नेकपा उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र अराजकता निम्त्याएको आरोप लगाएका छन्। शुक्रबार अखिल नेपाल किसान महासंघको भेललाई सम्वोधन गर्दै उपाध्यक्ष गौतमले यो तीन वर्षको अवधिमा अध्यक्ष ओलीले जाल झले र तिकडम मात्रै गरेको आरोप लगाएका हुन्।

पार्टी एकता भइसकेपछि केपी ओलीको व्यवहार कम्युनिष्ट पार्टीको सिद्धान्त र शैली अनुसारको नभएको आरोप लगाउँदै उपाध्यक्ष गौतमले ओलीमा पार्टी संचालन गर्ने योग्यता र क्षमता नै नभएको जिकिर गरे।

‘कोर्डिनेशनको जिल्ला सचिव तीन महिना हुनुभयो, त्यहाँ उहाँ टिक्क सक्ने अवस्था नभएपछि उहाँ बाहिरिनु भयो,’ उनले भने, ‘त्यसपछि १४ वर्ष कठोर जेलमा बस्नु भयो। जेलबाट छुटेपटि उहाँ पार्टीको नेतृत्वमा आउनु भयो। उहाँमा पार्टी संगठन कसरी निर्माण गर्नुपर्छ, पार्टीभित्रको अन्तविरोधलाई कसरी समाधान गर्नुपर्छ भन्ने विषयमा उहाँलाई ज्ञान नै छैन।’

सरकारले तीन वटा नीति कार्यक्रम ल्याउँदासमेत संविधानले निर्दिष्ट गरेको भावना अनुसार नभएपछि आफूहरुले पार्टीभित्र संघर्ष सुरु गरेको जिकिर गरे।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.