सामिआ सुलुहु हसन तान्जानियाको पहिलो महिला राष्ट्रपति
दारेसलाम । तान्जानियामा सामिआ सुलुह हसन पहिलो महिला राष्ट्रपति भएकी छन् । राजधानी दारेसलाममा सेनाको परेडबीच हसनले शुक्रबार राष्ट्रपति पदमा सपथग्रहण गरेकी छन् ।
तान्जानिया राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा गत बुधबार निधन भएपछि हसन राष्ट्रपति भएकी हु्न । तान्जानियाको राजधानी दारेसलाममा मुटु रोगको उपचार गराइरहेका मगुफुलीको बुधबार राति मृत्यु भएपछि उपराष्ट्रपति समिआ सुलुह हसन राष्ट्रपति बनेकी छन् ।
हसनले इमानदार भई व्यवहार गर्ने र तान्जानियाको संविधानको रक्षा गर्ने वचन दिएकी छन् । संविधानअन्तर्गत हसनले मगुफुलीको दोस्रो–चरणको बाँकी अवधिमा काम गर्ने छन् । सो अवधि सन् २०२५ सम्म रहनेछ ।
पूर्व राष्ट्रपति जोन मगुफुली सन् २०१५ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका थिए । गत वर्षको चुनावपछि उनि दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । तान्जनियाको संविधानअनुसार राष्ट्रपतिको पाँचवर्षे कार्यकाल हुन्छ । अब उनको बाँकी समय देशका उपराष्ट्रपतिले राष्ट्रपति भएर काम गर्ने छन् ।







डिसी नेपाल








Facebook Comment