साढे पाँच वर्षदेखि भारतमा थन्कियो बंगलादेशको विमान, पार्किङ शुल्कमात्र अढाई करोड पुग्यो

डिसी नेपाल
६ चैत २०७७ १९:२०
1.6k
Shares

नयाँ दिल्ली (एजेन्सी)। बंगलादेशको एक यात्रु बाहक विमान साढे पाँच वर्षदेखि भारतको रायपुरस्थित विमानस्थलमा पार्किङमा छ। यो विमान पार्किङको शुल्कमात्र ढाई करोड पुगिसकेको छ। तर, अझै विमान बंगलादेश फिर्ता हुने कुनै संकेत देखिएको छैन। र रायपुर विमानस्थलले पार्किङ शुल्क पाउने निश्चितता पनि छैन। तर, विमानस्थललाई शुल्क दिइने आश्वासन भने दिइएको छ।

बंगलादेशको युनाइटेड एयरवेजको विमान रायपुरमा थन्किएको हो। सो विमान रायपुरमा २०१५ देखि थन्किएको बीबीसी हिन्दीले एक रिपोर्ट प्रकाशित गरेको छ। समाचार अनुसार २०१५ मा बंगलादेशको राधानी ढाकाबाट मस्कटकालागि उडेको सो विमानको एक इन्जिनले काम नगरेपछि रायपुरमा आपतकालिन अवतरण गरिएको थियो। विमानमा १७३ जना यात्रु रहेका थिए। विमान अवतरण गर्दा एक इन्जिन हावामै छुट्टिसकेको थियो।

आपतकालिन विमान अवतरणको भोलिपलट विशेष विमानमार्फत यात्रुहरुलाई गन्त्व्यमा पुर्याइयो र विग्रेको विमानका पाइलटहरु बंगलादेश फर्के। त्यसपछि विमान कम्पनीका अधिकारीहरु भारतमा आएर सो विमान छिटै बंगलादेश लैजाने बताए। विमानमा नयाँ इन्जिन जोडेपछि विमान उडानका लागि ठिक पनि भयो। तर, बंगलादेशको नागरिक उड्डयन प्राधिकरणको अनुमति नहुँदा त्यतिबेला विमान फिर्ता हुन सकेन। तर, २०१६ मा सो विमान कम्पनी नै बन्द भएपछि भने अब सो विमान भारतमै थन्कियो।

रायपुर विमानस्थलका निर्देशकले आफूहरुले युनाइटेड विमान कम्पनीलाई हजारौं इमेल गरेको तर जवाफमा बंगलादेशको उड्डयन प्राधिकरणको अनुमति प्रतिक्षामा रहेकोमात्र जनाइएको बताएका छन्। तरm जब हालै रायपुर विमानस्थलले कानुनी चेतावनीसहितको इमेल गर्यो तबमात्र सो कम्पनीले ९ महिनाको समय मागेको जनाइएको छ। कम्पनीले सो विमान बेचेर पार्किङ शुल्क दिइने प्रतिवद्धता गरेको जनाइएको छ।

समाचारअनुसार सो ४८ मिलियन डलरको विमान अहिले कवाडको अवस्थामा पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.