सडकमा गुडिरहेको कारमाथि आकाशबाट हवाइजहाज खस्यो, ३ जनाको मृत्यु (भिडियो)

डिसी नेपाल
७ चैत २०७७ १२:१२
2.5k
Shares

काठमाडौं। तपाइँ आफ्नो परिवारसँग कारमा चढेर आरामसँग कतै गइरहेका बेला अचानक आकाशबाट कारमाथि हवाइजहाज खस्यो भने के होला ? शायद यसबारे धेरैले सोचेका हुँदैनन् तर यस्तै घटना भएको छ । अमेरिकाको दक्षिण फ्लोरिडामा सडकमा गुडिरहेको एक कारमाथि हवाइजहाज खस्यो । यो घटना सडकमा जडान गरिएको सीसीटिभी क्यामेरामा रेकर्ड भएको छ ।

यो दुर्घटनामा विमानका पाइलटसहित ३ जनाको मृत्यु भएको युएसए टुडेले जनाएको छ । मृत्यु हुनेमा कारमा भएका ४ वर्षका बालक पनि छन् । घटनाको बेला बालककी आमाले कार चलाइरहेकी थिइन् । उनी शिक्षिका हुन् । महिला घाइते छिन् र अस्पतालमा उनको उपचार भइरहेको छ । रिपोर्टका अनुसार विमान फ्लोरिडाको पेमब्रोक पाइन्सस्थित नर्थ पेरि एयरपोर्टबाट उडेको थियो । उडेको केही बेरमै विमान बस्ती षेत्रमा दुर्घटना भएको थियो ।

नेशनल ट्रान्पोर्टेसन सेफ्टी बोर्डले घटनाको जाँच गरिरहेको छ । प्रत्यक्षदर्शीका अनुसार विमान कारमा खसेपछि विष्फोट भएको थियो । जाँचमा विमान विद्युतीय तारमा अल्झिएर दुर्घटना भएको सम्भावना देखिएको छ । विमान तारमा अल्झिएपछि पाइलटले नियन्त्रण गुमाएको र विमान तल खसेको अनुमान गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.