लगातार आक्रमण भएपछि ट्रम्पको मूर्ति संग्रहालयबाट हटाइयो

डिसी नेपाल
७ चैत २०७७ १३:०६
2.5k
Shares

काठमाडौं। संग्रहालयमा राखिएको अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको मूर्तिमाथि लगातार आक्रमण भएपछि संग्रहालयले मूर्ति हटाएको छ । टेक्सासको एक संग्रहालयमा रहेको ट्रम्पको यो मूर्तिलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोंग उनको मूर्तिको बीचमा राखिएको थियो । संग्रहालय प्रशासनका अनुसार पछिल्लो केही समययता मानिसहरुले ट्रम्पको मूर्तिमाथि धेरै आक्रमण गरेका कारण संग्रहालयबाट मूर्ति हटाउने निर्णय गरिएको हो ।

रिप्ले इन्टरटेनमेन्टका क्षेत्रीय प्रबन्धक क्ले स्टिवर्टका अनुसार यो मूर्तिको अनुहारमा पछिल्ला केही महिनायता मुक्का हानिएका कारण कोरिएको थियो । रिपोर्टका अनुसार ट्रम्पको मूर्तिलाई लुइस तुसाद वाक्सवर्कसको भण्डारमा सारिएको छ । अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनको मूर्ति संग्रहालयमा राखिएपछि मात्रै ट्रम्पको मूर्तिलाई संग्रहालयमा ल्याइनेछ । क्लेका अनुसार अहिले बाइडेनको मूर्तिको ओरलान्डोमा निर्माण भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.