चिडियाखानाको सिंहलाई ‘बचाउन’ भन्दै पिंजडाभित्र हाम्फालेका व्यक्ति आफैं मुस्किलले बाँचे
काठमाडौं। चिडियाखानाको पर्खाल र तारबार नाघेर सिंहको पिंजडाभित्र हाम्फालेका एक व्यक्तिको घाइते अवस्थामा उद्धार गरिएको छ । उनलाई गम्भीर किसिमको चोट भने नलागेको बताइएको छ । उनलाई सिंहले आक्रमण गर्दा दाहिने खुट्टामा र कम्मरमा सिंहको पञ्जाको चोट लागेको छ ।
प्रत्यक्षदर्शीका अनुसार शुक्रबार बिहान कोलकाताको अलिपोरे चिडियाखानामा टिकट काटेर प्रवेश गरेका ती व्यक्ति भित्र गएपछि सिंहको पिंजडाको पर्खाल र तारबार चढेर भित्र हाम्फालेका थिए । इण्डियन एक्सप्रेसका अनुसार गौतम गुचैत नामका ती व्यक्तिको कोलकाताको एसएसकेएम अस्पतालमा उपचार भइरहेको छ । प्रत्यक्षदर्शीले तत्कालै यसबारे जानकारी दिएपछि चिडियाखानाका कर्मचारीले उनको उद्धार गरेका थिए ।
ती व्यक्तिले आफू पिंजडाभित्र सिंहको उद्धार गर्न गएको बताएका छन् । हिन्दुस्तान टाइम्सका अनुसार अस्पतालमा उपचार गराइरहेका गुचैतले मिडियासँग कुरा गर्दै भने ‘म सिंहलाई बचाउन आएको थिएँ । यो जंगली जनावर हो त्यसैले उसलाई पिंजडाभित्र राख्न हुँदैन । म पर्खाल चढेर भित्र गएको थिएँ तर सिंहले मलाई नै आक्रमण गर्यो ।’







डिसी नेपाल








Facebook Comment