बेलायती प्रधानमन्त्रीले लगाए कोरोनाको पहिलो खोप

डिसी नेपाल
७ चैत २०७७ १६:०२
24
Shares

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई शुक्रबार कोरोनाभाइरस विरुद्धको पहिलो खोप दिइएको छ ।युरोपेलीसहित कतिपय मुलुकहरुमा अस्ट्राजेनिका खोप लगाउन बन्द गरिएकै बेला बेलायती प्रधानमन्त्रीले त्यही खोप लगाएका हुन् ।

“मैले भर्खरै कोरोनाभाइरस विरुद्धको अस्ट्राजेनिका खोप लगाएको छु, यो मेरो पहिलो मात्रा हो, खोप लगाउन सहयोग गर्ने सवैलाई हार्दिक धन्यवाद,” उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

उनले खोप लगाउँदा आफुलाई सुरक्षित महसुस भएको बताउदै अरुलाई पनि खोप लगाउन आह्वान गरेका छन् । “कोरोनाविरुद्धको खोप लगाउन राम्रो हो, यही लगाउन नपाएर हामीले धेरैलाई गुमाउनु पर्यो, आशा गरौँ अव त्यस्तो हुनेछैन,” उनले उल्लेख गरेका छन् । खोप लगाएपछि आफुलाई कुनै असजिलो नभएको जानकारी दिदै उहाँले खोप लगाउदाँ छिटो र सजिलोसँग भएको बताए ।

प्रधानमन्त्री जोन्सन गतवर्ष सन् २०२० को अप्रिलमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अस्पताल नै भर्ना भएका थिए ।बेलायतमा प्रधानमन्त्रीसहित अन्य विशिष्ट व्यक्तिहरुले पनि कोरोनाविरुद्धको खोप लगाउनु भएको छ भने आम नागरिकलाई पनि खोप लगाउने अभियान चलिरहेको छ ।कोरोनाविरुद्धको खोपको प्रयोग पनि सवैभन्दा पहिले बेलायतबाटै भएको हो । त्यसपछि मात्रै अन्य देशहरुमा लगाउन थालिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.