अमिताभ बच्चन र अभिषेक बच्चनको भिडन्त !
काठमाडौं। फिल्मको संसारमा कहिले को कसको विरुद्धमा उभिन्छ भन्ने थाहै हुँदैन । अब बलिउड सुपरस्टार अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनबीच भिडन्त हुने भएको छ । दर्शकहरुले पहिलो पटक यी बाबुछोराको व्यवसायिक टक्कर देख्न पाउने भएका हुन् । पहिलो पटक अमिताभ बच्चन र अभिषेक बच्चनको छुट्टाछुट्टै फिल्म एकैपटक रिलिज हुँदैछन् ।
अमिताभ बच्चन आफ्नो आगामी फिल्म चेहरेलाई लिएर निकै उत्साहित छन् । फिल्म ८ अप्रिलमा सिनेमाघरमा रिलिज हुँदैछ । फिल्ममा राम्रो स्टार कास्ट पनि राखिएको छ जसमा इमरान हाशमी, अनु कपूर लगायत छन् । र, अमिताभको यो फिल्मलाई टक्कर दिने जिम्मेवारी उनका छोरा अभिषेक बच्चनले पाएका छन् । अभिषेकको ड्रिम फिल्म द बिग बुल ९ बप्रिलका दिन डिज्नी हटस्टारमा रिलिज हुँदैछ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment