चोरी गर्ने क्रममा चोर चिप्लिएर लडे, घण्टौंसम्म रेलिङमा टाउको अड्कियो
काठमाडौं। चोरी गर्न गएका एक चोर दुर्घटनामा परे । उनी लडे र यस्तो नराम्रोसँग फसे कि त्यहाँबाट निस्किनै सकेनन् । चोरी गर्ने क्रममा सम्भवतः सबैभन्दा अप्ठ्यारो समस्यामा फसेका यी चोर मेक्सिकोका हुन् । चोरी गर्ने क्रममा दुर्घटनावश रेलिङमा टाउको अड्किएपछि अन्ततः यी चोर पक्राउ परेका छन् ।
डेलीमेलको रिपोर्टअनुसार चोरी गर्नको लागि ती चोर घरभित्र छिर्ने प्रयासमा थिए । तर भित्र जाने क्रममा उनको टाउको रेलिङमा अड्कियो । यी चोर थोरै समय होइन पूरै ३ घण्टासम्म रेलिङमा अड्किइरहे । आसपासका मानिसहरुका अनुसार उनीहरुले निकै लामो समयसम्म रेलिङमा फसेका ती व्यक्तिलाई त्यहाँबाट बाहिर निस्कने प्रयास गरिरहेको देखेका थिए त्यसपछि उनीहरुले पुलिसलाई फोन गरे । सूचना पाएपछि आएको पुलिसले रेलिङ काटेर ती चोरलाई निकालेको थियो ।







डिसी नेपाल








Facebook Comment