कटप्पाकी छोरी चर्चामा
काठमाडौं। ब्लकबस्टर भारतीय फिल्म बाहुबलीका चर्चित पात्र कटप्पा अर्थात सत्यराजकी छोरी दिव्या सत्यराज पुनः एकपटक चर्चामा आएकी छिन् । उत्तराखण्डकी मुख्यमन्त्री तीरथ सिंह रावतको विवादित बयानका विषयमा बोलेपछि दिव्या एकाएक चर्चामा आएकी हुन् । दिव्याले मुख्यमन्त्री रावतलाई लक्षित गर्दै महिलाहरुलाई कस्तो कपडा लगाउनुपर्छ भनेर नसिकाउन भनेकी छिन् ।
दिव्याले भनेकी छिन् ‘मिस्टर तीरथ सिंह रावत, तपाइँले हामीलाई नबताउनुस् कि हामीले के लगाउनुपर्छ र के हुँदैन । म त फाटेको जिन्स लगाउँछु नै ।’ साथमा दिप्याले आफ्नो फाटेको जिन्स लगाएको फोटो पनि शेयर गरेकी छिन् । यसअघि अमिताभ बच्चनकी नातिनीले पनि यस विषयमा मुख्यमन्त्री रावतको तीब्र आलोचना गरेकी थिइन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment