पुस ५ गतेपछि आफूलाई झनै शक्तिशाली महसुस गर्न थालेको छुः प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले उत्पीडित जनसमुदायले पाउनुपर्ने अधिकार र मुद्दा नछोडेको बताएका छन्। आइतबार राजधानीमा आयोजित ५६ औं अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवस (२१ मार्च) र नेपाली दलित आन्दोलनको कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मैले जति प्राप्त हुन्छ त्यति लिइहालौं र फेरि आन्दोलन अगाडि बढाईरहनु पर्ने हुन्छ । हामी संविधानलाई परिवर्तन गर्दै लैजाने र उत्पीडितहरुको हक अधिकार स्थापित गर्दै लैजाने भनेका हौं ।’
उनले थप अधिकार र हकहितका लागि अब अर्को लडाईँ लड्नुपर्ने स्थिति आएको बताए। प्राप्त उपलव्धीहरु पनि अहिले खतरामा परेको भन्दै उनले उपलव्धी रक्षाका लागि अर्को लडाई लड्नुपर्ने स्थिति आएको बताए।
दलित, आदिवासी जनजाति, महिला, मधेसी, मुस्लिमले अधिकार प्राप्त गर्दा सबैभन्दा दुःखी हुने मान्छे प्रधानमन्त्री बनेको भन्दै प्रचण्डले ती सबै अधिकार खोस्ने दाउमा ओली रहेको अध्यक्ष प्रचण्डको भनाई थियो । ओलीले संविधान नै धरापमा पार्ने स्थिति बनाएकाले रक्षाका लागि परिवर्तनकारी शक्तिहरु एकजुट हुनुपर्नेमा अध्यक्ष प्रचण्डको जोड थियो ।
दलित, आदिवासी जनजाति, महिला, मधेसी, अल्पसंख्यक जाति, समुदाय क्षेत्रको पहिचान स्थापित गर्न आफूले कहिल्यै कसर नराखेको भन्दै अध्यक्षले पहिचानको आन्दोलन नछाडेको बताए ।
उनले संविधान मास्ने पात्रको रुपमा ओलीलाई अगाडि आएको पनि बताए । अहिलेको व्यवस्था मन नपाउनेहरुले संविधान, संघीयता र समानुपातिक समावेशिता मास्ने पात्रको रुपमा केपी शर्मा ओलीलाई अगाडि सारेको उनको भनाई थियो ।
उनलेले भन, ‘अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्न केपी ओलीलाई विदेशीले साथ दिएका छन्, संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त केपी ओलीबाटै हुन्छ भनेर उनैलाई हुर्काइएको छ ।’
ओलीले राष्ट्रिय–अन्तर्राष्ट्रिय सेटिङ्ग गरेर नेकपालाई दुई वटा बनाएको उनको भनाई थियो । ‘तर, उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय के के सेटिङ गर्नुभयो, लम्पसार पर्नुभयो, के के गर्नुभयो तपाईंहरु नै अध्ययन गर्नुहोला र अहिले दुईटा पार्टी भयो,’ उनले भने ।
‘केपी ओलीले संसद् विघटन गरेर हामीलाई सडकमा र्पुयाइदिनुभयो। सडकमा र्पुयाउने भनेको जनतामा जाऊ भनेको हो। हामीलाई दलित, जनजाति, मजदुर किसान र आम नेपाली जनताको बीचमा लगेर फालिदिनुभयो,’ उनले भने, ‘उहाँले हामीलाई सिध्याउन खोज्नुभएको थियो । तर, हामी आफूमा लागेको धुलोमैलो पनि टक्टक्याउँदै फेरि जनताको मुद्दा लड्ने ठाउँमा पुर्याइदिनुभयो । पुस ५ गतेपछि त म आफूलाई झनै शक्तिशाली महसुस गर्न थालेको छु । फेरि जनताको प्रतिनिधिको रुपमा लडाइँ लड्ने अवसर प्राप्त भएको छ ।’







डिसी नेपाल







Facebook Comment