बहराइनी राजकुमार गाेरखाकाे सामागाउँ प्रस्थान

डिसी नेपाल
९ चैत २०७७ १०:००
268
Shares

काठमाडौं । सगरमाथा आरोहणका लागि नेपाल आएको बहराइनका राजकुमारको टोली आज गोरखाको सामागाउँ प्रस्थान गरेको छ। राजकुमार शेख मोहम्मद हमद मोहम्मद खालिफासहित ३ जनाको टोली सामागाउँ गएका हुन्।

यसअघि ५ दिनको समय छुट्याए पनि ३ दिनका लागि जान लागेको बताइएको छ। यस अघिको सेडुअल अनुसार पाँच दिन बस्ने र काठमाडौं फर्केपछि सगरमाथा आरोहणको तयारी गरी आधार शिविर प्रस्थान गर्ने कार्यक्रम थियो।

गत सोमबार साँझ खलिफा नेपाल आएका हुन्। उनी १६ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आएका हुन्।

निजी जेटबाट आएको टोली साँझ सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। बहराइनबाट ल्याएको कोरोनाको औषधि गोरखा लिन नपाएपछि खालि हात जानु परेको प्रिन्स खलिफाले बताएका छन्।

राजकुमार खलिफाको टोली होटल म्यारिटमा क्वारेन्टाइन बसेको थियो। बहराइनबाट ल्याएको कोरोनाको खोाप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरिफिकेसनका लागि राखेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.