लुकामारी खेल्ने क्रममा भकारीमा थुनिएर ५ बालबालिकाको मृत्यु, ४ जना साख्खै भाइबहिनी
काठमाडौं। खुसीसाथ लुकामारी खेलिरहेका बालबालिकाहरु नराम्रोसँग फसेपछि ५ बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये ४ जना साख्खै भाइबहिनी भएको बताइएको छ । यी बालबालिकाहरु लुक्नको लागि अन्न राख्ने भकारीभित्र पसेका थिए । अचानक भकारीको ढक्कन बन्द भएपछि उनीहरुको निसास्सिएर मृत्यु भएको हो ।
टाइम्स अफ इण्डियाका अनुसार घटना भारतको राजस्थानको हो । बिकानेरको हिमतासार गाउँमा भएको हो । यसको एक दिनअघि मात्रै राजस्थानकै झुंझनुको उदयपुरवाटीमा पनि ३ जना बालबालिकाको खेल्ने क्रममा मृत्यु भएको थियो । राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
‘हिमतासार गाउँ, नापासार (बीकानेर) एवं चिराना गाउँ, उदयपुरवाटी (झुंझनु)मा खेल्दै गर्दा भएको दुर्घटनामा ८ बालबालिकाको मृत्यु अत्यन्तै हृदयविदारक र दुर्भाग्यपूर्ण छ । मेरो गहिरो समवेदना शोकाकुल परिवारको साथमा छ । ईश्वरले उनीहरुलाई शक्ति प्रदान गरुन् । घाइते बालबालिकाको शीघ्र स्वासथ्यलाभको कामना’ गहलोतले लेखेका छन् ।
हिमतासर गांव, नापासर (बीकानेर) एवं चिराना गांव, उदयपुरवाटी (झुंझुनू) में खेलते समय हुए हादसों में आठ बच्चों की मृत्यु बेहद हृदयविदारक व दुर्भाग्यपूर्ण है। मेरी गहरी संवेदनाएं शोकाकुल परिजनों के साथ हैं, ईश्वर उन्हें संबल प्रदान करें। घायल बच्चे के शीघ्र स्वास्थ्य लाभ की कामना है।
— Ashok Gehlot (@ashokgehlot51) March 21, 2021
मृतक सबै बालबालिकाको उमेर ८ वर्षभन्दा कम भएको बताइएको छ । जानकारीअनुसार हिमतासार गाउँका किसान भायारामको परिवार खेतमा गएका थिए। यस क्रममा ५ बालबालिका घरमा थिए । यीमध्ये ४ जना भायारामकै छोराछोरी थिए । पाँचौं बालिका भायारामकी भान्जी थिइन् ।
भायारामका छोरा ४ वर्षका सेवाराम छोरीहरु ७ वर्षकी छोरी रबिना, ५ वर्षकी छोरी राधा, ८ वर्षकी पुनम तथा अर्की बालिका भायारामकी भान्जी मालीको मृत्यु भएको बताइएको छ। यसअघि राजस्थानमै झुंझनुको उदयपुरवाटीमा लुकामारी खेल्ने क्रममै बालुवाको ढिस्कोले पुरिएर तीन बालबालिकाको मृत्यु भएको थियो ।







डिसी नेपाल








Facebook Comment