अमेरिकासँग छ एलियनसम्बन्धी गोप्य जानकारी, केही दिनमा सार्वजनिक गरिँदै
काठमाडौं। अमेरिका सरकारले अहिलेसम्म आफूले युएफओ र एलियनसम्बन्धी प्राप्त गरेका जानकारीहरुबारे एक रिपोर्ट सार्वजनिक गर्ने भएको छ । तर, यो रिपोर्ट प्रकाशित हुनुभन्दा पहिले नै अमेरिकाको राष्ट्रिय इन्टेलिजेन्टका पूर्व निर्देशकले युएफओका विषयमा नयाँ जानकारी सार्वजनिक गरेका छन् । उनका अनुसार युएफओ आफ्नो विशेष प्रविधिको प्रयोग गरेर उड्छन् र अमेरिकासँग यसको प्रमाण छ ।
अमेरिकाको नेशनल इन्टेलिजेन्सका पूर्व निर्देशक जोन रेटक्लिफका अनुसार युएफओ सोनिक बुम (विष्फोटजस्तो आवाज) बिना आवाजको गतिभन्दा तीब्र गतिमा उड्न सक्छन् र यसको प्रमाण अमेरिकासँग छ । उनका अनुसार मानिसले भने अहिलेसम्म यस्तो प्रविधि विकास गर्न सकेको छैन । डोनाल्ड ट्रम्पको शासनकालमा नेशनल इन्टेलिजेन्सका प्रमुख रहेका रेटक्लिफका अनुसार युएफओसँग सम्बन्धित कैयौं यस्ता घटनाहरु पनि भेटिएका छन् जसको सहजै विश्लेषण गर्न सकिन्न ।
फक्स न्यूजसँग कुरा गर्दै रेटक्लिफले युएफओ देखिएका जति घटनाहरु सार्वजनिक भएका छन् वास्तवमा त्योभन्दा धेरै घटनाहरु भएको बताएका छन् । अमेरिकी सुरक्षा र खुफिया एजेन्सीले १ जुनसम्म युएफओ र एलियनसम्बन्धी रिपोर्ट प्रकाशित गर्दैछन् । यो रिपोर्टमा युएफओको बारेमा अहिलेसम्म प्राप्त सबै जानकारी प्रकाशित गर्नुपर्नेछ । रेटक्लिफले यी जानका।री सार्वजनिक गर्नु जनताको हितमा भएको बताए ।







डिसी नेपाल








Facebook Comment