घुस लिएकाे अभियाेगमा सशस्त्रका २ अधिकृत विरुद्ध विशेष अदालतमा मुद्दा

डिसी नेपाल
९ चैत २०७७ १५:५३
144
Shares

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी निरीक्षक र विरूद्ध विषेश अदालतमा मुद्दा दायर गरेको छ। फर्निचर उद्योग संचालनमा सहजीकरण गरिदिने भनी ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि प्रहरी निरीक्षकविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरिएको हो।

सशस्त्र प्रहरी बल वेश क्याम्प, गैडहवा रुपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेलविरुद्ध अदालतमा मुद्दा दायर गरिएको हो।

पौडेलसहित सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीले फर्निचर उद्योग संचालनमा सहजीकरण गरिदिने भनी ५० हजार अतिरिक्त रकम माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुष्टि गरेको छ।

जनही बिगो ५० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) अनुसार सजाय हुन मागदाबी गरिएको आयोगले जनाएको छ।

‘भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) अनुसार सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३५ को उपदफा १ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,’ अख्तियारद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.