डोनाल्ड ट्रम्पको पक्षमा भएको दर्शनले यो जोडीको डिभोर्स गराइदियो

डिसी नेपाल
९ चैत २०७७ १६:३९
264
Shares

काठमाडौं। गएको जनवरी ६ मा अमेरिकी संसद भवनमा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको आक्रमणका क्रममा खिचिएको तस्वीरमा आफ्नी श्रीमती अर्कै एक व्यक्तिसँग देखिएपछि शीर्ष पुलिस अधिकारीले श्रीमतीलाई डिभोर्स दिएका छन् । सालेर पुलिस डिपार्टमेन्टका मिचेल हेनलकी पत्नी जेनिफर हेनल घटनापछि पक्राउ परेकी थिइन् र उनीमाथि विभिन्न अभियोगमा मुद्दा चलाइएको थियो ।

जेनिफर पेन्सलभेनियाको रोस टाउनसिपमा बस्छिन् । एफबीआइका अनुसार उनी केनेथ ग्रेसन नामका अर्का प्रदर्शनकारीसँग देखिएकी थिइन् । केनेथ जेनिफरको घरनजिकै पेन्सलभेनियाको ब्रिजभिलेमा बस्छन् । रिपोर्टका अनुसार यी दुई नोभेम्बर ३ मा निर्वाचन हुनुभन्दा पहिल्यै भेटिसकेका थिए । त्यसपछि उनीहरुले पहिल्यै साथमा वाशिङटन जाने, होटलमा बस्ने योजना बनाइसकेका थिए । यद्यपि जेनिफरले एउटै होटलमा बस्न भने अस्वीकार गरेकी थिइन् ।

जेनिफरका पति मिचेलले श्रीमतीविरुद्ध फेब्रुअरीमा डिभोर्सको मुद्दा हालेका थिए । पिटसबर्ग क्षेत्रका अत्यन्तै जिम्मेवार पुलिस अधिकारी मानिने मिचेल आफ्नो क्षेत्रको बन्धक सम्बन्धी युनिटका प्रमुख पनि हुन् । उनका बरिष्ठ अधिकारी सीन फ्रयांकका अनुसार मिचेलले जेनिफरलाई जनवरी ६ मा वाशिङटन प्रदर्शनका लागि नजान भनेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.