पछिल्लो २४ घण्टामा १५० जना कोरोना संक्रमित

डिसी नेपाल
९ चैत २०७७ १६:४९
156
Shares

काठमाडौं। पछिल्लो २४ घन्टामा थप १५० जना कोरोना संक्रमित भएका छन्। ४४ सय ७२ जनाको पीसीआर परीक्षण गर्दा १५० जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट तीनजनाको मृत्यु भएको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १९ पुगेको छ। नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ।

यस्तै पछिल्लो २४ घन्टामा थप ९९ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार २० पुगेको मन्त्रालयले जनाएको छ। निको हुने दर ९८.५ प्रतिशत हो। हालसम्म ५१ जना क्वारेन्टाइनमा र १ हजार १७ जना आइसोलेसनमा छन्।

दक्षिणी छिमेकी देश भारतमा कोरोनाको दोस्रो लहर शुरु भएपछि नेपालमा पनि कडाई गर्न थालिएको छ। आइतबारमात्र स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न आग्रह गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.