सुशान्त सिंह राजपुतको फिल्म ‘छिछोरे’ सर्वोत्कृष्ट फिल्म घोषित
काठमाडौं। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको फिल्म छिछोरे सर्वोत्कृष्ट फिल्म घोषित भएको छ । सुशान्तको मृत्यु भएको ९ महिनापछि उनको फिल्मले सर्वोत्कृष्ट फिल्मको अवार्ड पाएको हो । सोमबार घोषणा भएको ६७ औं राष्ट्रिय फिल्म अवार्डमा २०१९ मा रिलिज भएका फिल्मलाई सम्मान गरिएको हो । छिछोरेका निर्देशक नितेश तिवारी हुन् ।
कंगना रनोटलाई मणिकर्णिका र पंगा फिल्मको लागि सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड दिइएको छ । यो उनको करिअरको चौथो राष्ट्रिय पुरस्कार हो । सर्वोत्कृष्ट अभिनेता मनोज बाजपेयी र धनुष घोषित भएका छन् । सर्वोत्कृष्ट सहायक अभिनेता विजय सेतुपति बने ।
अवार्ड एक वर्ष ढिलो घोषणा भएको हो । गत वर्ष कोरोना महामारीका कारण अवार्ड घोषणा हुन सकेको थिएन । यो अवार्ड केन्द्र सरकारको सूचना तथा प्रसारण मन्त्रालय अन्तर्गतको फिल्म फेस्टिभल निर्देशनालयले दिन्छ । यो पुरस्कार राष्ट्रपतिले वितरण गर्ने परम्परा छ । यद्यपि ६६ औं पुरस्कार भने उपराष्छ्रपति भेंकेया नाइडुले दिएका थिए ।







डिसी नेपाल








Facebook Comment