सन्जिव र प्रेमलाई स्वर्ण

डिसी नेपाल
९ चैत २०७७ १८:३१
120
Shares

काठमाडौं । सन्जिव नेपाली र प्रेमकुमार दर्नालले उताह अन्तर्राष्ट्रिय अनलाइन पुम्से तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक  जितेका छन् । पुरुष तर्फको ३१–४० उमेरमा सन्जिवले अमेरिकाका जोन स्विनेलाई पछि पारे । ४१–५० उमेरमा प्रेमले अमेरिकाकै रायन किफेलाई पन्छ्याए ।

महिला तर्फ १८–३० उमेरमा सन्दिपा अम्गाईंले रजतमा चित्त बुझाइन् । सन्दिपा सिंगापुरकी पोह वान जर्जियासँग चुक्न पुगिन । प्रतियोगिता अमेरिकाको ओङ्स तेक्वान्दो स्कुलको आयोजनामा मार्च २१ र २२ तारिखमा भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.