माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

डिसी नेपाल
१० चैत २०७७ १०:३४
120
Shares

काठमाडौं। सरकारलाई दिएको समर्थन फिर्ता, एमालेमा गएका माओवादी नेताहरुमाथिको कारवाही र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको छ।

माओवादी केन्द्रको संसदीय दलको कार्यलय सिंहदरबारमा जारी बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता गर्ने वा जारी राख्ने भन्ने विषयमा मुख्य रुपमा छलफल भइरहेको छ।

माओवादी केन्द्रले सरकारमा सहभागी आफ्ना दलका मन्त्रीलाई यसअघि नै फिर्ता बोलाउने निर्णय गरेपनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन। माओवादी केन्द्रले एमालेमा गएका नेताहरुलाई स्पष्टीकरण सोधेको थियो।

तर, एमालेमा गएका नेताहरुले त्यसको जवाफ दिएका छैनन्। उनीहरुले आफरुहरु एमालेमै रहने सार्वजकि अभिव्यक्ति दिएका छन्। सर्वोच्च अदालतले एमाले र माओवादीलाई पूर्ववत अवस्थामा फर्काएपछि नयाँ सरकार गठनको विषयमा माओवादीले प्रमुख प्रतिपक्ष र जसपासँग छलफल गरेपनि निष्कर्षमा पुग्न सकेको छैन।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.