छोरीले पितालाई रेष्टुरेण्टमा खाना खुवाइन्, रक्सी पिलाइन्, मातेर लठ्ठ परेपछि जिउँदै जलाइन्
काठमाडौं। २२ वर्षकी एक छोरीले आफ्ना पितालाई रेष्टुरेण्टमा लगेर खाना खुवाइन् । साथमा उनले टन्नै रक्सी पनि खुवाइन् । जब पिता मातेर धानिन नसक्ने भए त्यसपछि उनले पिताको शरीरमा मट्टितेल खन्याएर जिउँदै आगो लगाइदिइन् । पिताको मृत्यु भएको छ ।
पश्चिम बंगालको कोलकातामा भएको यो घटना त्यहाँ नजिकै जडान भएको एक सीसीटिभी क्यामेरामा रेकर्ड भएको टाइम्स अफ इण्डियाले जनाएको छ । पुलिसले ती युवतीलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ । समाचारअनुसार ती छोरीले आफ्नो अपराध स्वीकार गरेको पुलिसले बताएको छ ।
एक बरिष्ट पुलिस अधिकारीका अनुसार युवतीले आइतबार राती पितालाई खाना खान रेष्टुरेण्ट लिएर गएकी थिइन् । खाना र रक्सी खुवाएपछि दुवै स्ट्रेड रोडमा हिँड्दै निस्किए । हिँड्दै गर्दा रक्सीले अत्यन्तै मातेका पिता हुगली नदीको किनारमा एक बेन्चमा सुते । त्यसपछि छोरीले पितालाई मट्टितेल खन्याएर आगो लगाइदिइन् ।
सोधपुछका क्रममा छोरीले आफू सानै हुँदा आफ्नी आमाको मृत्यु भएको र त्यसपछि पिताले आफ्नो पत्पीडन सुरु गरेको बताएकी छिन् । उनका अनुसार उनको विवाह भएपछि उत्पीडन रोकिएको थियो तर उनको विवाह सम्बनध तोडियो । त्यसपछि उनी घर आइन् अनि पिताले पुनः उत्पीडन सुरु गरे । यही कारण उनले पिताको हत्या गरेकी थिइन् । युवतीलाई अदालत पेश गरिएकोमा अदालतले २९ मार्चसम्म अनुसन्धानको लागि हिरासतमा राख्न अनुमति दिएको छ ।







डिसी नेपाल








Facebook Comment