क्रिकेटमा फेरि विवाद, थर्ड अम्पायरले मैदानी अम्पायरको ‘सफ्ट सिग्नल’ नै उल्ट्याइदिए
काठमाडौं। क्रिकेटमा ‘सफ्ट सिग्नल’ विवाद झनै बढेको छ । अहिले न्यूजिल्याण्ड र बंगलादेशबीच भइरहेको एकदिवसीयमा फेरि यही विवाद भएको छ । क्राइस्टचर्चमा भइरहेको खेलमा केल जेमिनसनले आफ्नै बलमा तमिम इकबालको क्याच समातेका थिए । मैदानी अम्पायरले पनि ‘सफ्ट सिग्नल’ आउट खिँदै अन्तिम निर्णयको लागि थर्ड अम्पायरकहाँ पठाए । तर, थर्ड अम्पायर क्रिस गेफनीले मैदानी अम्पायरको सफ्ट सिग्नल नै उल्ट्याउँदै नटआउट ठहर गरे ।
घटना बंगलादेशको इनिङको १५ औं ओभरमा भएको थियो । कैयौं एंगलबाट रिप्ले हेरेपछि अम्पायरले तमिम इकबालको पक्षमा फैसला दिए । तेस्रो अम्पायरले जेमिनसनले क्याच लिएको भए पनि उनी पूर्ण रुपमा नियन्त्रणमा नभएको ठहर गरेका थिए । न्यूजिल्याण्डका खेलाडी भने यो निर्णयबाट निकै असन्तुष्ट देखिए । उनीहरुले भने क्याच राम्रोसँग समातिसमेपछि मात्रै बल भुइँमा छोइएको मानेका थिए ।
Controversy in New Zealand with this effort from Kyle Jamieson called ‘no catch’ #NZvBAN pic.twitter.com/XgMeWabC0x
— cricket.com.au (@cricketcomau) March 23, 2021
यो निर्णय विवादित हुनुको कारण केही दिनअघि मात्रै भारत र इङल्याण्डबीचको टि–२० मा भएको घटना हो । अहमदाबादमा भएको चौथो टि–२० मा यस्तै घटनामा ब्याट्सम्यान सूर्यकुमार यादव र वाशिङटन सुन्दरको विरुद्ध निर्णय भएको थियो । सूर्यकुमार यादवको बल डेभिड मलानले क्याच लिने क्रममा भुइँमा छोइएजस्तो देखिएको थियो तर मैदानी अम्पायरले सफ्ट सिग्नल आउट दिएकोले सूर्यकुमारलाई आउट दिइएको थियो ।
यस्तै सोही इनिङमा वाशिङटन सुन्दरको बल बाउन्ड्रीमा आदिल राशिदले क्याच लिँदा राशिदको खुट्टा बाउन्ड्री लाइनमा छोइएजस्तो देखिएको थियो । तर, मैदानी अम्पायरले सफट सिग्नल आउट दिएकोले सुन्दरलाई पनि आउट दिइएको थियो । यस विषयमा भारतीय कप्तान विराट कोहलीले असन्तुष्टि जनाउँदै मैदानी अम्पायरसँग ‘मलाई थाहा छैन’ भन्ने विकल्व पनि हुनुपर्ने माग गरेका थिए ।







डिसी नेपाल








Facebook Comment