संसद भवनभित्र अनैतिक क्रियाकलाप ! सांसद र कर्मचारीका अश्लील भिडियो सार्वजनिक
काठमाडौं। संसद भवनमा कर्मचारी र सांसदहरु अनैतिक क्रियाकलापमा संलग्न हुन्छन् र उनीहरुले संसद भवनको एक निश्चित स्थानलाई अनैतिक कार्य गर्ने अड्डा बनाएका छन् भन्ने खुलासा भएको छ । संसद भवनभित्रै अनैतिक क्रियाकलापमा संलग्न भएका कर्मचारीहरुको फोटो र भिडियो सार्वजनिक भएपछि अहिले अस्ट्रेलियामा हंगामा भएको छ ।
यसअघि संसद भवनमा काम गर्ने एक महिला कर्मचारीले पनि संसद भवनभित्रै आफ्नो यौनशोषण भएको आरोप लगाएकी थिइन् । उनले सरकारका अहम पदमा रहेका व्यक्तिहरुलाई यसबारे जानकारी भएर पनि उनीहरुले कुनै कारवाही नगरेको ती महिलाले आरोप लगाएकी थिइन् । सरकारकी सल्लाहकार रहेकी ती कर्मचारीले आफूलाई सहकर्मीले नै बलात्कार गरेको र सरकारले कारवाही नगरेको खुलासा गरेपछि अस्ट्रेलियाका कैयौं सहरहरुमा प्रदर्शन भएका थिए ।
अहिले अस्ट्रेलियाको अखबार द अस्ट्रेलियन र च्यानल १० ले संसदमा भएका यौनकार्यको भिडियो जारी गरेका छन् । यी भिडियो एक ह्वीसलब्लोअरको तर्फबाट जारी गरिएका हुन् । भिडियो सार्वजनिक भएसँगै त्यहाँका महिला सांसद र जनता सरकारको विरोधमा उत्रिएका छन् । उनीहरु यस्ता घटनामा लामो समयसम्म पनि सरकारले कुनै कारवाही नगरेको भन्दैआक्रोश पोखेका छन् ।
टम नामका यी ह्वीसलब्लोअरले अस्ट्रेलियाको मिडियासँग कुरा गर्दै सरकारी कर्मचारी र सांसदले संसद भवनको प्रार्थना कक्षलाई यौनधन्दाको लागि प्रयोग गर्ने बताएका छन् । टमले त्यहाँ सांसदहरुको लागि संसद भवनमा यौनकर्मीहरु समेत ल्याइने गरेको खुलासा गरेका छन् । उनका अनुसार स्टाफको एक समूहले एक अर्कासँग निजी तस्वीर समेत शेयर गर्ने गरेका छन् ।
संसद भवनमा पुरुषले चाहे जे पनि गर्न सक्ने संस्कृति बनेको भन्दै टमले संसदको कुनै स्टाफले कानुन तोडेको वा नतोडेको आफूलाई थाहा नभएको तर नैतिक रुपमा भने उनीहरुसँग केही बाँकी नरहेको बताए । भिडियो सार्वजनिक भएपछि एक स्टाफलाई तत्काल हटाइएको छ । सरकारले अरु पनि कारवाही गरिने बताएको छ । क्याबिनेट मन्त्री करेन एन्ड्रुजले अब अझै चुप रहन नसक्ने बताएकी छिन् । महिला मामिलाकी मन्त्री मेरिस पेनेले संसदको कार्यस्थल संस्कृतिका विषयमा जाँच गर्नुपर्ने बताइन् ।







डिसी नेपाल








Facebook Comment