कुकुर घुमाउन पठाएको रिसमा मातापिताको हत्या, आमाको लाश भेटियो पिताको बेपत्ता

डिसी नेपाल
१० चैत २०७७ १४:१८
1.2k
Shares

काठमाडौं। कुकुर घुमाउन पठाएको रिसमा एक युवाले आफ्ना मातापिताको हत्या गरेका छन् । उनकी आमाको लाश भेटिएको छ तर उनकी आमाको लाश अझैसम्म भेटिएको छैन । इटलीका यी युवकको आफ्ना पितासँग बहस भएपछि उनको रिस यतिसम्म बढ्यो कि उनले मातापिता दुवैको हत्या गरेका थिए । उनकी आमा लराको लाश एडिजे नदीमा पाइएको थियो । उनले दुवैको हत्या गरेको स्वीकार गरेका छन् ।

डेलीमेलको रिपोर्टअनुसार ३० वर्षमा बेनो सायथ टायरोलमा अभिभावकसँग बस्थे । बेनोका पिताले उनलाई परिवारको कुकुरलाई घुमाउन लैजान भनेका थिए । बेनोले कुकुर घुमाउन लैजान मानेनन् । त्यसपछि पिता र छोराबीच झगडा भयो । बेनोका अनुसार झगडाको क्रममा पिताले उनलाई बिना कामको र असफल व्यक्ति भने । उनी त्यतिबेला शान्ति चाहन्थे त्यसैले पितालाई चुप लाग्न भने ।

बेनोका अनुसार पिताको गालीबाट हैरान भएर उनी आफ्नो कोठामा जान लागे तर उनका पिता उनको पछि पछि आए । बेनो आफ्नो कोठामा गएर सुत्ने कोसिस गरिरहेका थिए तर उनका पिताले उनलाई लगातार ब्युँझाइरहेका थिए । पिताले बेनोलाई आफ्नो भागको घरको काम सक्न भनिरहेका थिए । त्यसपछि रिसाएका बेनो हलमा गए र प्लास्टिकको ट्रेबाट डोरी लिए त्यसपछि त्यही डोरीले पितालाई बाँध्ने कोसिस गर्न थाले ।

बाँध्ने प्रयासमा बेनो र पिता दुवै जमिनमा लडे । बेनोले त्यो डोरीले पिताको घाँटी बसिदिएका थिए । केही बेरमा बेनोकी आमा पनि घर पुगिन् । बेनोले आमाको पनि डोरीले घाँटी थिचेर हत्या गरे । बेनोका अनुसार आमा आउँदा उनले केही नभनी उनको घाँटी थिचिदिएका थिए । त्यसपछि बेनोले आमाको शव नदीमा फ्याँकिदिएको बताए । बेनोलाई पुलिसले पक्राउ गरेर बोलजानो जेलमा राखेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.