मौरीबिना मह, गाई–भैंसी नभइ दुध उत्पादन

डिसी नेपाल
१० चैत २०७७ १५:१२
1.3k
Shares

काठमाडौं। हामीले खाने मह मौरीले उत्पादन गर्छन् । त्यस्तै गाई भैंसीबाट दुध उत्पादन हुन्छ । मौरीबिना मह उत्पादन गर्ने र गाई भैंसीबिना दुध उत्पादन गर्ने कुरा असामान्य लाग्छ । तर, अब यो सम्भव भएको छ । मेलिबियो नामको एक कम्पनीले यस्तो प्रविधि विमास गरेको बीबीसीले जनाएको छ । मेलिबियोका सह–संस्थापक तथा प्रमुख कार्यकारी डार्को मण्डिचका अनुसार उनको कम्पनीले यस्तो महको विकास गरेको छ जो हरेक अणुमा प्राकृतिक महजस्तै छ तर यसको उत्पादनको लागि मौरी चाहिँदैन ।

उनी भन्छन्, ‘मह बनाउनको लागि मौरीहरूले फूलबाट परागकण र रस जम्मा गरेर त्यसलाई फ्रुक्टोज र ग्लुकोजको ढिकोमा परिणत गर्छन् । हामीले प्रयोगशालामा माइक्रो अर्ग्यानिज्म मार्फत महको सुरुवाती निर्माण प्रक्रियाको नक्कल गर्दैछौं ।’ बितेका केही वर्षमा बोटबिरुवामा आधारित मासु र दुग्धजन्य पदार्थको विकल्प व्यापक हुँदै गइरहेको छ। तथापि, धेरैको लागि स्वाद, बनावट वा प्रयोग गर्ने सहजताका हिसाबले यी मन परेका छैनन् । तर अहिले, मेलिबियो जस्ता थुप्रै स्टार्टअप कम्पनीहरूले वास्तविक वस्तुसँग जैविक रूपमा समान शाकाहारी उत्पादनहरू बनाउने प्रयास गरिरहेका छन् ।

सूक्ष्म जीवलाई होसियारीपूर्वक मिलाएर र सही फिड स्टक रोजेर, मह, अण्डाको सेतो भागदेखि दूधसम्म उत्पादन गर्न सम्भव भएको छ । यो तरिका अपनाउने एउटा कम्पनी, लण्डनमा अवस्थित स्टार्टअप बेटर डेरी हो र यसले यिस्टको प्रयोग गरेर दूध र चीज विकास गरिरहेको छ। ‘यसले काम गर्ने तरिका के हो भने, हामीले बियर बनाउनका लागि जसरी यिस्ट प्रयोग गर्छौं त्यसैगरी तपाइँले पनि गर्न सक्नुहुन्छ तर हामी यिस्टलाई परिमार्जन गर्छौं ताकि बियर उत्पादन गर्नुको सट्टा यसले हामीले चाहेको कुरा उत्पादन गर्छ,’ सह–संस्थापक तथा प्रमुख कार्यकारी जेभान नगराजाह बताउँछन् ।

अण्डाको सेतो भाग उत्पादन गर्न यस्तै प्रविधिको प्रयोग भइरहेको छ। सन् फ्रान्सिस्कोमा रहेको क्लारा फूड्स बृहत् उत्पादनको सँघारमै छ र सन् २०२८ सम्ममा विश्वकै सबैभन्दा ठूलो अण्डा प्रोटिन उत्पादक बन्ने आशामा छ। सह–संस्थापक तथा प्रमुख कार्यकारी आर्टुरो एलिजोन्ड भन्छन्, ‘हाम्रो स्वामित्वको प्रविधिले हामीलाई जनावरबाट प्राप्त अण्डाको बनावट स्वाद र पाक कलालाई नियन्त्रण गर्न वा त्यसभन्दा पनि बढी गर्न मदत गर्छ ।’

यसले शाकाहारीहरुलाई खुसी बनाउनुका साथै यस्ता उत्पादनहरूले वातावरणीय लाभ पनि दिन सक्छन् । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका अनुसार विश्वव्यापी हरितगृह ग्याँस उत्सर्जनको लगभग १४.५ प्रतिशत मासु र दुग्ध पदार्थका कारण हुन्छ। संसारको महको मागले मौरीका थुप्रै प्रजातिहरूलाई हानि गरिरहेको मन्डिच बताउँछन्। उनी भन्छन्, ‘महको बढ्दो आवश्यकता पूर्ति गर्नको लागि मौरीको मह उत्पादन गर्ने प्रजातिले प्राथमिकता पाइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.