३ हजार वर्ष पुरानो सुनको मास्क भेटिएपछि सामाजिक संजाल तरंगित

डिसी नेपाल
१० चैत २०७७ १६:१०
3.5k
Shares

काठमाडौं। ३ हजार वर्षभन्दा पुरानो सुनको मास्कले अहिले सामाजिक संजालमा तरंग ल्याएको छ । यो मास्क सामाजिक संजालमा अहिले सर्वत्र चर्चामा छ । यो मास्कको खोजी हालै मात्रै चीनको सिचुआन प्रान्तमा भएको हो । सिचुआन प्रान्तमा खोजी गरिएका ५ सय भन्दा धेरै प्राचीन कलाकृतिहरुमध्ये यो मास्क पनि एक हो । सुनको मास्क समेत यी कलाकृतिहरु सेनसिंगडुइ आर्कियोलोजिकल साइटमा भेटिएका थिए ।

विशेषज्ञहरुका अनुसार यो खोजबाट प्राचीन शु राज्यको संस्कृति र त्यस समयका मानिसहरुको रहनसहन जान्न सहयोग मिल्नेछ । शु राजवंशले इसापूर्व ३१६ मा यो क्षेत्रमा राज गरेको थियो । यही क्षेत्रलाई अहिले सिचुआन प्रान्तको रुपमा चिनिन्छ । यहाँ भेटिएका ५ सयभन्दा धेरै कलाकृतिहरुमध्ये आधा अनुहार र नाक ढाक्ने यो सुनको मास्कको सामाजिक संजालमा सबैभन्दा धेरै चर्चा छ ।

कलाकृतिहरुको यो नयाँ खोजको खुलासा भएसँगै चीनको माइक्रोब्लगिङ साइट विबोमा सुनको मास्कका विषयमा मिमहरु ओइरिन थाले । मानिसहरु यो मास्कलाई चर्चित पात्रहरुको अनुहारमा राखेर तस्वीरहरु पोस्ट गर्न थाले । सुपरहिरो फिल्मका पात्रहरुको अनुहारमा पनि यो मासक राखेर फोटो बनाइयो । सुनको मास्कको भव्यता र सुन्दरता देखेर सामाजिक संजाल प्रयोगकर्ताहरु मोहित भएका छन् ।

चीनको सबैभन्दा अहम आर्कियोलोजिकल साइट मानिने सेनसिंगडुइको संग्रहालयका अधिकारीहरुले पनि सामाजिक संजालमा छाएका मिमहरुको मजा लिए । विबोमा संग्रहालयको तर्फबाट भनिएको छ ‘शुभप्रभात, हामी भर्खर ब्युँझिएका छौं । यस्तो लाग्छ सबै कुनै न कुनै फोटोशपिङमा व्यस्त छन् ।’ संग्रहालयको तर्फबाट पनि विबोमा आफ्नो मिम अपलोड गरिएको छ । यसका अलावा संग्रहालयले मास्कसहित अन्य कलाकृति देखाउँदै प्रवद्र्धनात्मक भिडियो पनि जारी गरियो ।

सुनको मास्कको साथमा सेनसिंगडुइ आर्कियोलोजिकल साइटबाट काँस्य कलाकृति र हात्तीको दाँतमा कुँदिएका कलाकृति पनि खोजी गरिएका छन् । सेनसिंगडुँइमा रहेका प्राचीन भग्नावशेषबारे सन् १९२९ मा एक किसानले पत्ता लगाएका थिए । अहिले यसलाई चीनको सबैभन्दा अहम आर्कियोलोजिकल साइटमध्ये एक मानिन्छ । यो चेंगडु शहरबाट करिब ६० किलोमिटर टाढा छ । यहाँबाट अहिलेसम्म ५० हजार अवशेष खोजिसकिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.