भारतले दियो इंग्ल्याण्डलाई ३१८ रनको लक्ष्य, डेब्यू खेलमा क्रुणालको अर्धसतक

डिसी नेपाल
१० चैत २०७७ १८:०६
204
Shares

काठमाडौं । इंग्ल्याण्डसँगको पहिलो एक दिवसीय खेलमा भारतले ३१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । महाराष्ट्र क्रिकेट मैदान पुनेमा जारी खेलमा भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३१७ रन बनाएको छ ।

भारतका लागि ओपनर शिखर धवनले सर्वाधिक ९८ रन बनाएर आउट भए । यस्तै कप्तान विराट कोहलीले ५६ रन बनाए । केएल राहुलले ६२ रन बनाउँदा एकदिवसीयमा डेब्यू गरेका क्रुणाल पाण्ड्याले आक्रामक ब्याटिङ गर्दै ५८ रन बनाए । उनले ३१ बलमा ७ चौका र २ छक्का प्रहार गरे । इंग्ल्याण्डका बेन स्टोक्सले ३ तथा मार्क उडले २ विकेट लिए ।

भारतले भ्रमणमा रहेको इंग्ल्याण्डले यसअघि टेस्ट र टी२० सिरिज खेलिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.