प्रशिद्द कृष्णको कीर्तिमानी डेब्यूमा भारतको शानदार जित
काठमाडौं । इंग्ल्याण्डसँगको पहिलो एकदिवसीय खेलमा भारतले शानदार जित हासिल गरेको छ। पुनेमा मंगलबार भएको खेलमा भारतले इंग्ल्याण्डलाई ६६ रनले पराजित गरेको हो ।
भारतले दिएको ३१८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४२.१ ओभरमा सबै विकेट गुमाएर २५१ रनमा समेटियो । इंग्ल्याण्डका लागि जोनी बेयरस्टोले सर्वाधिक ९४ रन बनाए । उनले ६६ बलमा ६ चौका र ७ छक्का प्रहार गरे । यस्तै जेसन रोयले ४६ रन बनाउँदा मोइन अलीले ३० रन बनाए भने अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् । भारतका डेब्यू खेलाडी प्रशिद्द कृष्णले ४ विकेट लिए । उनी डेब्यु खेलमा ४ विकेट लिन पहिलो भारतीय बलर बने । यस्तै शार्दुल ठाकुरले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३१७ रन बनाएको थियो । भारतका लागि ओपनर शिखर धवनले सर्वाधिक ९८ रन बनाएर आउट भए । यस्तै कप्तान विराट कोहलीले ५६ रन बनाए । केएल राहुलले ६२ रन बनाउँदा एकदिवसीयमा डेब्यू गरेका क्रुणाल पाण्ड्याले आक्रामक ब्याटिङ गर्दै ५८ रन बनाए । उनले ३१ बलमा ७ चौका र २ छक्का प्रहार गरे । इंग्ल्याण्डका बेन स्टोक्सले ३ तथा मार्क उडले २ विकेट लिए ।







डिसी नेपाल








Facebook Comment