आमिर खान कोरोना संक्रमित, संजय दत्तले खोप लगाए
काठमाडौं। बलिउड अभिनेता आमिर खान कोरोनाभाइरसबाट संक्रमित भएका छन् । समाचार एजेन्सी एएनआइका अनुसार आमिर संक्रमित भएको पुष्टि भएपछि होम क्यारेन्टाइनमा बसेका छन् । उनी घरमा नै रहेर सबै प्रोटोकलहरु पालना गरिरहेको बताइएको छ । उनका प्रवक्ताले आमिरको सम्पर्कमा आएका सबैले परीक्षण गराउनुपर्ने बताउँदै उनी अहिले ठिक भएको बताएका छन् । आमिरको स्वास्थ्यको लागि प्रार्थना गर्ने सबैलाई उनले धन्यवाद पनि दिएका छन् ।
Aamir Khan has tested positive for COVID-19. He is at home in self-quarantine, following all the protocols and he’s doing fine. All those who came in contact with him in the recent past should get themselves tested as a precautionary measure: Spokesperson of Aamir Khan. pic.twitter.com/85j4MDmadr
— ANI (@ANI) March 24, 2021
यस्तै बलिउड अभिनेता संजय दत्तले मंगलबार कोरोनाभाइरसविरुद्धको भ्याक्सिन लगाएका छन् । ६१ वर्षका संजयले भ्याक्सिन लगाउँदै गर्दाको फोटो ट्वीट गर्दै यसको जानकारी दिएका हुन् । साथमा उनले डाक्टरको टिकलाई धन्यवाद पनि दिएका छन् । संजयले मुम्बइको बीकेसी जम्बो भ्याक्सिनेसन सेन्टरमा भ्याक्सिनको पहिलो डोज लिएका हुन् ।
Received my first shot of the COVID-19 vaccine today at the BKC vaccine center.
I want to congratulate Dr. Dhere and his entire team for doing such a wonderful job! I have so much love & respect for them & their hard work. Jai Hind! pic.twitter.com/LcSNoAsf0G— Sanjay Dutt (@duttsanjay) March 23, 2021
संजयभन्दा पहिले सैफ अली खान, राकेश रोशन, सतीश शाह, शिल्पा शिरोडकर, जोनी लिभर, मेघना नायडु, शर्मिला टेगोर, नीना गुप्ता, धर्मेन्द्र, कमल हसन, हेमा मालिनी, अनुपम खेर, गजराज राव, परेश रावल, नागार्जुन समेत कैयौं कलाकारले भ्याक्सिन लगाइसकेका छन् । यस्तै आमिरभन्दा पहिले रणबीर कपुर, वरुण धवन, अनुपम खेर, सञ्जय लीला भंसाली, अमिताभ बच्चन, ऐश्वर्या राय र अभिषेक बच्चन लगायत कोरोनाभाइरसबाट संक्रमित भइसकेका छन् ।







डिसी नेपाल








Facebook Comment