अमेरिकामा १० जनाको गोली हानी हत्या गर्ने व्यक्ति पनि २१ वर्षकै !

डिसी नेपाल
११ चैत २०७७ १५:१७
8.6k
Shares

काठमाडौं। अमेरिकाको कोलोराडो सहरमा दिनदहाडै गोली हानी हत्या गर्ने युवक पनि २१ वर्षकै भएको पाइएको छ । यसको केही दिनअघि एटलान्टामा अर्का एक युवकले यसैगरी मसाज पार्लरमा गोली हानेर ६ एसियाली महिलासहित ८ जनाको हत्या गरेका थिए । ती युवक पनि २१ वर्षकै थिए । अहिले कोलोराडोमा १० जनाको हत्या गर्ने युवक २१ वर्षका अहमद एलिसा भएको पुलिसले जनाएको छ ।

अहमदको बारेमा अमेरिकाको संघीय अनुसन्धान ब्यूरो (एफबीआइ)लाई पहिलेदेखि नै जानकारी थियो । उनको हिंस्रक व्यवहारको बारेमा पनि कैयौं मानिसहरुले प्रतिक्रिया दिउका छन् । अहमदको परिवारसँग सम्बनिधत व्यक्तिहरुले भने उनी मानसिक रोगी भएको बताएका छन् । अहमदको जन्म सिरियामा भएको थियो । उनी हाइस्कुल पढ्दा रेस्लर थिए । उनी ३ वर्षको उमेरमा सिरियाबाट अमेरिका गएका थिए ।

अहमत विगत केही वर्षदेखि कोलोराडोको अरवाडामा बस्दै आएका थिए । उनले जुन स्टोरमा गोलीकाण्ड गरेका थिए त्यो उनको घरबाट ३० माइल टाढा छ । सोमबार दिउँसो २ बजेर ४० मिनेटमा उनले किंग सुपर्स ग्रोसरीमा अन्धाधुन्ध गोली हान्न सुरु गरेका थिए । गोली लागेर १० जनाको मृत्यु भएको थियो । उनलाई करिब साढे ३ बजे पक्राउ गरिएको थियो । पहिले अस्पतालमा उनको खुट्टामा लागेको चोटको उपचारपछि अहिले उनलाई बोल्टर काउन्टी जेलमा राखिएको छ ।

अहमदले १० जनाको हत्या गरेपछि आत्मसमर्पण गरेका थिए र पुलिससँग आफ्नी आमासँग कुरा गर्न दिन अनुरोध गरेका थिए । अहमदको साथबाट रुगर एआर ५५६ राइफल र ह्याण्डगन बरामद गरिएको थियो । अहमदले यो गोलीकाण्ड किन गरे भन्ने पुलिसले जाँच गरिरहेको छ । अहमदको विगत डेढ वर्षको फेसबुक पोस्ट हेर्दा उनले धेरैजसो पोस्टमा गर्लफ्रेण्ड नभएको गुनासो गरिरहन्थे । फेसबुकमा उनले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र इस्लामबारे पनि आफ्नो राय राखेका छन् ।

न्यूयोर्क टाइम्सका अनुसार यी व्यक्तिको बारेमा एफबीआइलाई पहिलेदेखि जानकारी थियो किनकि एक केसमा जाँचको क्रममा जुन व्यक्तिसँग पुलिसले सोधपुछ गरेको थियो ती व्यक्ति अहमदसँग सम्बन्धित थिए । अहमदका दाजुले पनि एक वेबसाइटसँग कुरा गर्दै अहमदले नै स्टोरमा गोलीबारी गरेको पुष्टि गरेका छन् । अहमतका दाजुका अनुसार उनी असामाजिक व्यक्ति हुन् र उनी मानिसहरुसँग घुलमिल हुन सक्दैनन् । यो गोलीबारी राजनीतिक होइन र उनले यी हत्याको सहाराले कुनै सन्देश दिन पनि चाहँदैनन् ।

अहमदलाई चिन्ने अर्का एक व्यक्तिका अनुसार उनी हिंस्रक प्रकृतिका थिए । मार्बल नामका यी व्यक्तिका अनुसार एक पटक अहमदले रेस्लिङमा हारेपछि निकै हिंस्रक भएका थिए । उनले पछि सबैलाई मारिदिन्छु पनि भनेका थिए । मार्बलका अनुसार त्यतिबेला कसैले उनको विश्वास गरेनन् तर उनीहरु कसैलाई पनि अनुमान थिएन कि पछि गएर उनले यति खतरनाक काम गर्नेछन् ।

एन्जेल हर्नान्डेज नामका व्यक्तिले पनि अहमदको रिसाहा व्यवहारबारे कुरा गर्दै २०१७ मा अहमद पहिले पनि गिरफ्तार भइसकेको बताए । त्यतिबेला एक व्यक्तिले अहमदको मजाक उठाइरहेका थिए र त्यही रिसमा अहमदले ती व्यक्तिको मुखमा मुक्का हानेका थिए । त्यसपछि अहमदलाई गिरफ्तार गरिएको थियो । जुलाइ २०१९ मा अहमदले फेसबुकमा ‘यी नस्लभेदी इस्लामोफोबिक मानिसहरुले मेरो फोन ह्याक गर्न बन्द गर्छन् र मलाई सामान्य जीवन बिताउन दिन्छन् भने हुन सक्छ म सामान्य जीवन बिताउन सकुँ’ लेखेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *