बाटोमा आकर्षक व्यक्ति देखिन् भने ठाउँको ठाउँ ढल्छिन्, त्यसैले बाहिर हिँड्दा नजर झुकाउँछिन्

डिसी नेपाल
११ चैत २०७७ १७:५२
2.3k
Shares

काठमाडौं। बेलायतमा बस्ने एक महिला निकै अनौठो समस्याबाट पीडित छिन् । यो दुर्लभ मस्तिष्क विकारका कारण उनी प्रायः सार्वजनिक रूपमा टाउको निहुराएर हिँड्न बाध्य हुन्छिन् । किनकि जब उनी कुनै आकर्षक व्यक्ति देख्छिन् तब उनको खुट्टा कमजोर हुन थाल्छ र लडखडाएर ढल्छिन् ।

मिररको रिपोर्टअनुसार ३२ वर्षकी क्रिस्टी ब्राउन इङ्ल्यान्डको चेशायर सहरमा बस्छिन् । उनलाई केटाप्लेक्सीको समस्या छ। रिस, खुसी र डर जस्ता भावनात्मक कुराहरुबाट बढ्न सक्ने यो एक मानसिक समस्या हो। यसले अचानक मांसपेशीहरुमा पक्षाघातजस्तो स्थिति निम्त्याउँछ र क्रिस्टिलाई लठ्ठ पर्न बाध्य तुल्याउँछ। यो अवस्थालाई प्रायजसो नारकोलेप्सीसितको सम्बन्धको रूपमा लिइन्छ।

यस समस्याबारे कुरा गर्दै क्रिस्टीले यो एकदमै अप्ठ्यारो समस्या भएको बताइन्। ‘जब–जब म कोही सुन्दर देख्छु, मेरा खुट्टाहरू कमजोर हुन थाल्छन् र मैले आफैलाई सम्हाल्न सक्दिन अनि मलाई त्यहीँ ढल्ने डर हुन्छ । त्यसैले म आनो सुरक्षाको लागि सार्वजनिक ठाउँमा हिँड्दा नजर झुकाएर हिँड्छु’ उनले भनिन् ।

कहिलेकाहीं घरबाट बाहिर निस्कन गाह्रो हुन्छ। क्रिस्टी भन्छिन्, ‘आम रुपमा मलाई दिनमा ५ पटकसम्म यस्तो समस्या हुन्छ तर यदि मेरो त्यो दिन खराब छ भने त ५० पटक पनि यो समस्या हुन सक्छ ।’ यो समस्या २ मिनेट पनि नबित्दै समाप्त हुन्छ। क्रिस्टीले भनिन्, ‘मलाई रिस उठ्दा, डर लाग्दा वा हास्दा पनि खतरा हुन्छ किनकि यी पनि बलिया भावनात्मक कुराहरु हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.