निर्वाचनको रोचक परिणामः ५९ र ५६ सिट जितेका पार्टीका अगाडि ५ सिटे पार्टी हिरो !
Ra'am party leader Mansour Abbas and party members at the party headquarters in Tamra, on election night, March 23, 2021. Photo by Flash90 *** Local Caption *** בחירות
בחירות 2021
לילה
ליל בחירות
תוצאות
מטה
רע"ם
מנסור עבאס
काठमाडौं। इजरायलमा निर्वाचनपछि जारी मतगणनामा अत्यन्तै रोमाञ्चक स्थिति आएको छ । यहाँ मात्रै ५ सिट जितेको कट्टर इस्लामिक पार्टी किंगमेकरको रुपमा अगाडि आएको छ । अर्थात अब यो कट्टर इस्लामिक पार्टीले बेन्जामिन नेतन्याहू देशका प्रधानमन्त्री बन्छन् कि बन्दैनन् भन्ने तय गर्नेछ । कट्टर दक्षिणपन्ती नेतन्याहू अहिले देशका प्रधानमन्त्री छन् ।
इजरायलमा मतगणना लगभग पूरा भएको छ । मत परिणाममा कुनै पनि गठबन्धनले स्पष्ट बहुमत पाएका छैनन् । यस्तोमा कट्टर इस्लामिक पार्टीले कता कोल्टे फेर्छ भन्ने कुराले त्यहाँको सत्ता समीकरण तय गर्नेछ । यो इस्लामिक पार्टीको नाम युनाइटेड अरब लिस्ट हो जसलाई हिब्रु भाषामा राम भनिन्छ । नेतन्याहूको लिकुड पार्टीको गठबन्धनले ५९ सिट जित्ने तय भएको छ । विपक्षी पार्टीले ५६ सिट र रामले ५ सिट जित्ने तय भएको छ ।
इजरायलको संसदमा कूल १२० सिट छ । बहुमतको लागि ६१ सिट चाहिन्छ । नेतन्याहूलाई प्रधानमन्त्री बन्न २ सिट कम छ । विपक्षी ओत्ज्मा यहुदितको ५६ सिट छ र उसलाई बहुमत पुग्न ५ सिट चाहिन्छ । रामसँग ५ सिट छ । यदि रामले समर्थन गरेमा यो पार्टी पनि सत्तामा पुग्न सक्छ । यद्यपि राम पार्टी कट्टर इस्लामिक पार्टी हो र इजरायलको राजनीति यहुदी केन्द्रित छ जहाँ इस्लामिक पार्टीको स्थान नगण्य छ । रामले अहिलेसम्म आफूले कसलाई समर्थन गर्ने भन्ने स्पष्ट पारिसकेको छैन ।







डिसी नेपाल








Facebook Comment