रेष्टुरेन्टको बाथरुम गएकी मलाइकाले बाहिर निस्किँदा पाइन्ट माथि तान्न बिर्सिएपछि…

डिसी नेपाल
१२ चैत २०७७ १६:४९
3.2k
Shares

काठमाडौं। कोरोनाभाइरसको त्रास फेरि बढ्न थालेको छ । मास्क लगाउने, पटक पटक हात धुने लगायतका सतर्कताका उपायहरु धेरैले अपनाइरहेका छन् । बलिउड अभिनेत्री मलाइका अरोराले पनि आफूसँग भएको एउटा रोचक घटना शेयर गरेकी छिन् । मलाइकाले लेखेकी छिन् ‘पहिले मानिसहरु घरमा आउँदा हामीले नडराउनुस् हाम्रो कुकुरलाई भ्याक्सिन लगाइएको छ भन्थ्यौं । अहिले मानिसहरु आउँदा हामीले भन्छौं नडराउनुस् हामीले भ्याक्सिन लगाइसकेका छौं ।

मलाइकाले अगाडि लेखेकी छिन् ‘हामी सबै क्रेजी भएका छौं । एक पटक म रेष्टुरेन्टको बाथरुममा गएकी थिएँ । मैले कुहिनाले ढोका खोलें । खुट्टाले ट्वाइलेट सिट उठाएँ । टिस्युको सहयोगले धारा खोलें । हात धोएँ त्यसपछि बाहिर आउन कुहिनाले ढोका खोलें । जब म फर्केर टेबलमा आएँ त्यसपछि मात्रै मलाई थाहा भयो कि मैले आफ्नो पाइन्ट माथि तान्न त बिर्सिएँछु ।’ मलाइकाले यससँगै लाफिङ इमोजी शेयर गरेकी छिन् ।

गएको सेप्टेम्बर ७ मा मलाइका कोरोना संक्रमित भएको पुष्टि भएको थियो । त्यसपछि होम क्वारेन्टाइन भएकी मलाइका निको भइसकेकी छिन् । मलाइका फेसन सेन्स र फिटनेस रुटिनका कारण पनि चर्चामा रहन्छिन् । मलाइकाको जिमबाहिर खिचिएका फोटो भाइरल भइरहन्छन् । व्यक्तिगत जीवनमा उनी अर्जुन कपूरसँग सम्बन्धमा छिन् । अर्जुनसँग उनी विभिन्न ठाउँमा देखिन्छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.